महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ : राष्ट्रपति ट्रम्प

सारांश

  • नयाँ दिल्ली।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन्।
  • भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन्।

नयाँ दिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन्।

भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेका हुन्।

समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईप्रति श्रद्धा सुमन छ।”

महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट जानु भएको थियो।

त्यहाँ रहँदा उनीहरुले एक मिनेट मौन धारण गरेका थिए। सो अवसरमा उनीहरुलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरुप प्रदान गरेका थिए।  

राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले बृक्षरोपण पनि गर्नुभएको थियो । दुई दिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएका थिए।
रंगशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए।

आफ्नो कार्यकालको अन्तिम बर्ष भारत भ्रमणमा आएका ट्रम्प मङ्लबार राती स्वदेश फर्किने कार्यक्रम रहेको छ।

ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४  आयोजना हुँदै ।
विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ आयोजना हुँदै ।
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन् : प्रधानमन्त्री ओली
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
मलेसियामा एकै दिन नेपालीसहित ११ सय गैरकानुनी कामदार पक्राउ
यी हुन् सुकी र  स्वराज नेपाल नअाउनुकाे दुर्इ कारण !
यी हुन् सुकी र स्वराज नेपाल नअाउनुकाे दुर्इ कारण !

तपाईंले छुटाउनुभयो कि?