प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०७५
|
|
३४ पटक हेरिएको
Shares
प्रदेश सांसद उम्मेदवारको गोली हानी हत्या

सारांश

  • काठमाडौं ।
  • कपिलवस्तुमा एक सांसदको उम्मेदवार बनेकालाई गोली हानी हत्या भएको छ ।
  • प्रदेशसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्रकुमार चौधरीको गोली प्रहार गरी हत्या भएको हो ।

काठमाडौं । कपिलवस्तुमा एक सांसदको उम्मेदवार बनेकालाई गोली हानी हत्या भएको छ । प्रदेशसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर १ (ख) बाट स्वतन्त्र उम्मेदवार बनेका दिपेन्द्रकुमार चौधरीको गोली प्रहार गरी हत्या भएको हो ।

युवाको झगडा भैरहेको र झगडा मिलाउन जाँदा उनको गोली हानी हत्या भएको थियो ।
गएराति उनी युवाहरुको झडप मिलाउन गएका थिए । उनलाई त्यही बेला नै गोली लागेको प्रत्यक्षीदर्शीले बताएका छन् ।

कपिलवस्तुको शुद्धोधन गाँउपालिका-४ मोतीभारीस्थित घर नजिकै उनीमाथी गोली प्रहार भएको हो। उनलाई शरीरका विभिन्न भागमा ५ वटा गोली लागेको प्रहरीले जनाएको छ।

भएको र घटना लगत्तै उनलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको थियो । अस्पतालमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?