राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रपतिमा प्रचण्डले मेरो नाम प्रस्ताव गर्नुहुन्छ : अमिक शेरचन

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ ।
  • यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपतिका उम्मेदवारका विषयमा ‘वन अन वन’ छलफल गरिरहेका छन् ।

दुई नेताबीच सीमित छलफलका प्रगति अहिलेसम्म बाहिर आउन नसके पनि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनदेखि आकांक्षी अन्य नेताहरूले विभिन्न तरिकाले आफ्नो उम्मेदवारी र औचित्य प्रकट गर्न थालेका छन् ।

वाम गठबन्धनबाटै राष्ट्रपति–उपराष्ट्रपति निर्वाचित हुने बढी सम्भावना देखिएकाले कांग्रेस र मधेसकेन्द्रित दलभित्र भने अहिलेसम्म आकांक्षी देखिएका छैनन् । आयोगले २१ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको निर्वाचन मिति प्रस्ताव गरेको छ ।

यसै विषयमा माओवादी नेता अमिक शेरचन यसो भन्छन्– मलाई अघिल्लोपटक नै पार्टीभित्र र अन्य पार्टीबाट पनि राष्ट्रपति बन्न प्रस्ताव आएको थियो । तर, म उम्मेदवार बन्न चाहिनँ । किनभने ०१७ देखि राजनीति गरेको गृहजिल्ला चितवनमा ०७० को निर्वाचनमा धाँधली गरेर हराइयो । त्यसैले राष्ट्रपति हुनेबित्तिकै राजनीतिबाट वञ्चित हुनुपर्ने भएकाले केही समय राजनीतिमै सक्रिय हुने जवाफ फर्काएको थिएँ  ।

तर, यसपटक वाम गठबन्धनको प्रस्ताव आउँदा अस्वीकार गर्दिनँ । पार्टी अध्यक्ष प्रचण्डले सुरुदेखि नै प्रस्ताव राख्दै आउनुभएको छ । तर, हामीले मात्र होइन, गठबन्धनले पनि स्वीकार गर्नुर्पयो । समय परिपक्व भएपछि सायद अध्यक्ष प्रचण्डले प्रस्ताव गर्नुहुन्छ होला ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या
पश्चिम बङ्गालमा गोली हानी विधायकको हत्या
३ वर्षे बालिकाले यसरी रक्सी पिएपछि …
३ वर्षे बालिकाले यसरी रक्सी पिएपछि …
Online Casino Cz ︎ Důvěryhodná A Bezpečná Online Kasina
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
बिदेशी पर्यटकलाई बन्धक बनाउने काभ्रेका डन दिल लामा सहित ८ जना प्रहरी खोरमा
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
डोटीको पूर्वीचौकी ६ नम्बर वडामा कांग्रेसका थापा विजयी
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
आजको मौसम: आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक रु पाँच हजार माग

तपाईंले छुटाउनुभयो कि?