सिर्जनाटोल विकास समितिमा बन्यो नयाँ कार्यसमिति
सारांश
- टोखा नगरपालिका वार्ड नं १० महादेवटारस्थित सिर्जना टोल विकास समितिमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
- शनिबार सम्पन्न साधारणसभाले रामबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
- उक्त कार्यसमितिमा कमलप्रसाद ढकाल उपाध्यक्ष चयन भएका छन् ।
टोखा नगरपालिका वार्ड नं १० महादेवटारस्थित सिर्जना टोल विकास समितिमा नयाँ कार्यसमिति चयन गरिएको छ । शनिबार सम्पन्न साधारणसभाले रामबहादुर रानाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । उक्त कार्यसमितिमा कमलप्रसाद ढकाल उपाध्यक्ष चयन भएका छन् । निर्विरोध उपाध्यक्ष चयन भएका ढकाल यसअघिको कार्यकालमा पनि उपाध्यक्ष नै थिए ।

कार्यसमितिमा मोहन आचार्य महासचिव, कुलप्रसाद सुवेदी कोषाध्यक्ष, प्रतिभा घिमिरे खरेल सचिव रहेका छन् । समितिको कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष सहित ९ जना रहेका छन् ।
२०६९ सालमा स्थापित सिर्जनाटोल विकास समितिले टोल सुधार तथा स्थानीय लक्षित विविध कार्यक्रम गर्दै आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया