सुन काण्ड छानविन समितिका डिएसपी चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा छानविनमा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares
सुन काण्ड छानविन समितिका डिएसपी चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा छानविनमा !

सारांश

  • काठमाडौं, ३१ वैशाख ।
  • सुन काण्डमा सरकारले गठन गरेको छानविन समितिका एक सदस्यमाथि नै चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको रहस्य खुलेको छ ।
  • विवादित डिएसपी सुदिप पाठकमाथि अख्तियारको अनुसन्धान नसकिँदै गृहको सिफारिसमा प्रहरी प्रधान कार्यालयले महानगरिय नगर प्रहरी कार्यलयको प्रमुख बनाएर सरुवा गरेको छ ।

काठमाडौं, ३१ वैशाख । सुन काण्डमा सरकारले गठन गरेको छानविन समितिका एक सदस्यमाथि नै चोरी गाडी र अकुत सम्पत्ति प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको रहस्य खुलेको छ ।

विवादित डिएसपी सुदिप पाठकमाथि अख्तियारको अनुसन्धान नसकिँदै गृहको सिफारिसमा प्रहरी प्रधान कार्यालयले महानगरिय नगर प्रहरी कार्यलयको प्रमुख बनाएर सरुवा गरेको छ ।

टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से१च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गरेको र गाडी चोरी गर्ने गिरोहलाई पाठकले संरक्षण दिएको उजुरी माथि अख्तियारले अनुसन्धान गरिरहेको थियो। तर, अख्तियारमा पटक पटक बयान दिएर मुद्दाबाट क्लिन चिट नपाएको अवस्थामा पनि पाठकलाई गृहले सुन काण्डको अनुसन्धान समितीमा राखेर चोख्याउन लागेको आरोप लागेको छ ।

स्रोतका अनुसार पाठकलाई पक्राउ गरि अख्तियारले करवाहीको तयारी गरिरहेको बेला उनलाई सुन काण्डको छानविन समितीमा राखिएपछि अख्तियार पछाडि हटेको थियो युनाइटेड पाेस्ट साप्ताहिकमा खवर छ। अख्तियारमा १३ पाने सम्पत्ति विवरण भरेर बयान दिएका पाठकमथिको अनुसन्धान नसकिएको र कुनै पनि समयमा उनी कारवाहीको दायरामा आउन सक्ने अख्तियार स्रोतले थप उल्लेख गरेको छ ।

पाठक उनै डिएसपी हुन, जसको प्रहरीद्वारा इन्काउन्टर गरिएका गुण्डा नाइके कुमार घैंटेसँग राम्रो कनेक्सन रहेको थियो । अनौपचारिक कुराकानीमा घैंटेलाई गुरु भनेर सम्बोधन समेत गर्ने उनले घैंटेसँगको मिलेमतोमा त्यतिबेलै राम्रो आर्जन गरेको स्रोतको दाबी छ । त्यतिबेला अपराध महाशाखा प्रमुख रहेका हालका आईजीपी सर्वेन्द्र खनालले सिधै तत्परता लिएर घैंटेको इन्काउन्टर गरेपछि आफू महाशाखाको अप्रेसनमा भएकोमा आफूलाई समेत थाहा नदिई इन्काउन्टर गरेको भन्दै पाठकले बबाल मच्चाएका थिए ।

इन्काउन्टरपछि घैंटे समर्थकहरुको बानेश्वरमा गोप्य भेला आयोजना गरेकोमा सो भेलामा पनि पाठक उपस्थित भएका थिए । पाठकसमेत प्रहरीले गरेको कारबाहीविरुद्ध भएको मोर्चाबन्दीमा सहभागी भएको सीसीटिभी फुटेज प्रधान कार्यालय पुगेपछि उनी शंकाको घेरामा रहेका थिए । कर्तुत प्रमाणित भएपछि आफूलाई सिध्याउने डरले पाठक शक्ति लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको बडीगार्ड बस्न सफल भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?