टिकापुर घटनाका मुख्य योजनाकार एवं फरार चौधरीको अनपेक्षित नतिजा

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
टिकापुर घटनाका मुख्य योजनाकार एवं फरार चौधरीको अनपेक्षित नतिजा

सारांश

  • कैलाली, मंसिर २४ – टिकापुर घटनाका मुख्य योजनाकार भनिएका र प्रहरीको फरार सुचीमा रहेका रेशम चौधरीको अनपेक्षित अग्रताले धेरैलाई अचम्मित तुल्याएको छ ।
  • कैलाली क्षेत्र नंं १ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका चौधरीले कुल खसेको मतको झण्डै ७५ प्रतिशत मत पाईरहेका छन् ।
  • टिकापुर घटनाका मुख्य योजनाकारको आरोप खेपिरहेका चौधरीले प्रतिनिधि सभा सदस्य पदका लागि वारेश मार्फत उमेदवारी दर्ता गराएका थिए भने समर्थक र सामाजिक सञ्जाल मात्र चुनावी प्रचारप्रसार गरेका थिए ।

कैलाली, मंसिर २४ – टिकापुर घटनाका मुख्य योजनाकार भनिएका र प्रहरीको फरार सुचीमा रहेका रेशम चौधरीको अनपेक्षित अग्रताले धेरैलाई अचम्मित तुल्याएको छ । कैलाली क्षेत्र नंं १ मा राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बनेका चौधरीले कुल खसेको मतको झण्डै ७५ प्रतिशत मत पाईरहेका छन् ।
टिकापुर घटनाका मुख्य योजनाकारको आरोप खेपिरहेका चौधरीले प्रतिनिधि सभा सदस्य पदका लागि वारेश मार्फत उमेदवारी दर्ता गराएका थिए भने समर्थक र सामाजिक सञ्जाल मात्र चुनावी प्रचारप्रसार गरेका थिए ।
चौधरी विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र हतियार डकैती सम्बन्धी तीन वटा मुद्दा दायर गरिएको छ ।
०७२ भदौ ७ गते भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी दुईजना प्रहरी निरीक्षक सहित ८ सुरक्षाकर्मी र एक दूधे बालकको हत्यामा रेशम चौधरीको प्रमुख हात रहेको प्रहरीको दाबी छ ।
तर अभियुक्त चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिइसकेको छ । प्रचण्ड सरकारको बहिर्गमनको अन्तिम समयमा मन्त्रिपरिषद बैठकले टीकापुरका आगजनी पीडितलाई क्षतिपूर्ति दिने क्रममा सबैभन्दा बढी अभियुक्त चौधरीलाई सबैभन्दा बढी क्षतिपुर्ति उपलब्ध गराएको थियो ।
टिकापुर घटनाको भोलिपल्ट उत्तेजित भीडले चौधरीको फूलबारी एफएम, फूलबारी कटेज र एउटा मोटरसाइकलमा आगजनी गरेकोे थियो ।
सरकारले क्षतिपूर्ति बापत उपलब्ध गराएको १ करोड ७४ लाख रुपैयाँको चेक रेशम चौधरीका बुबा लालवीर चौधरीले बुझ्नु भएको थियो ।

चौधरीलाई ७५ प्रतिशत मत

का चौधरीले कुल खसेको मतको झण्डै ७५ प्रतिशत मत पाईरहेका छन् । पछिल्लो मत परिणाम अनुसार आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई ८ हजार भन्दा बढी मतले पछि पार्दै अग्रता बढाएका छन् । चौधरीले १० हजार ८ सय २७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी वामगठबन्धनका उम्मेदवार नेकपा एमालेकी मदनकुमारी शाहले २ हजार ३१३ मत पाउनुभएको छ ।
सुरुवाती चरणबाटै तेस्रो स्थानमा रहेकी कांग्रेस नेतृ ईश्वरी न्यौपानेको भने १ हजार ६ सय १७ मत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?