पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम बिष्फोट
सारांश
- काठमाडौं।
- पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिष्फोट भएको छ।
- बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घर नजिकै बुधबार विहान सात बजे बिष्फोट भएको प्रहरीले जनाएको छ।
काठमाडौं। पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घर नजिकै बम बिष्फोट भएको छ। बाँस्कोटाको लोकन्थलीस्थित निर्माणाधीन घर नजिकै बुधबार विहान सात बजे बिष्फोट भएको प्रहरीले जनाएको छ।
र्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।
लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा आज बिहान ७ बजेर ५ मिनेटमा उक्त विष्फोट भएको प्रहरीले जनाएको छ।
उनको घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ।
प्रहरीले कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको जनाएको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि बाँस्कोटाले फागुन ७ गते राजीनामा दिएका थिए।
सो बेला सार्वजनिक भएको टेपमा मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो।
प्रतिक्रिया