कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ४, २०७७
|
|
४६ पटक हेरिएको
Shares
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ

सारांश

  • हामीलै कयौपटक कुकुरले बिजुलीको खम्बा र कारका टायरमा पिसाब गरेको देखेका छौ ।
  • तर हामीले कुकुरलाई यी स्थान किन मन पर्छन वा किन पिसाब गर्छन् भन्ने बारेमा सोचेका छौ त ?
  • आज हामी यसको कारणको बारेमा चर्चा गर्छौ ।

हामीलै कयौपटक कुकुरले बिजुलीको खम्बा र कारका टायरमा पिसाब गरेको देखेका छौ । तर हामीले कुकुरलाई यी स्थान किन मन पर्छन वा किन पिसाब गर्छन् भन्ने बारेमा सोचेका छौ त ? आज हामी यसको कारणको बारेमा चर्चा गर्छौ ।

कुकुर मानिसको लागि सबैभन्दा वफादार प्राणी हो । कहिले कहिले त कुकुर मानिस भन्दा पनि धेरै वफादार हुने गर्छ । यसको साथै कुकुर अन्य जनावरको तुलनामा धेरै सामाजिक पनि हुन्छन् । कारको टायर र बिजुलीको खम्बामा पिसाब गर्नुको कारण एक तथ सामाजिक कारण हो । यस्तो स्थानमा पिसाब गरेर कुकुरले अर्को कुकुरलाई आफ्नो गन्ध छाड्न चाहन्छ ।

सामान्य रुपमा कुकुरको पिसाबको लागि यस्तो स्थानलाई महत्व दिन्छन्, जहाँ सिधा उभिएको होस् । यस्तो सिधा स्थानमा कुकुरको पिसाबको निशाना ठिक ठाउँमा पर्छ र खुलेर पिसाब गर्न सक्छ । योसँगै अन्य कुकुरको लागि नाकको उचाईमा आफ्नो पिसाबको गन्ध छाड्न चाहन्छ ।

पिसाबको गन्ध वर्टिकल सतहमा धेरै समयसम्म रहने भएकोले कुकुरले आफू यो स्थानको उक्त इलाकामा भएको जानकारी अर्को कुकुरलाई दिने गर्छ । यसको मतलव अर्को कुकुरलाई आफ्नो इलाकाको क्षेत्र पनि परिचित गराएको हो । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?