प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३२, २०८०
|
|
२४ पटक हेरिएको
Shares
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित

सारांश

  • सिमकोट (हुम्ला) ।
  • नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् ।
  • प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका थिए ।

सिमकोट (हुम्ला) । नागरिक उड्डयन प्राधिकरणले साउन १२ गतेदेखि हुम्लासहित कर्णालीका हिमाली जिल्लामा दिउँसो १२ः३० पछि उडान भर्न नपाउने नयाँ नियम ल्याएपछि हुम्लाका नागरिक आन्दोलित भएका छन् ।

प्राधिकरणको नियमविरुद्ध बुधबार बिहान त्यहाँका नागरिक समाज, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार महासङ्घ लगायतले सिमकोट विमानस्थलमा धर्ना दिएर आन्दोलन गरेका थिए । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नीहित स्वार्थ राखेर हवाई उडानमा नयाँ नियम ल्याएको उनीहरूकोे आरोप थियो । हवाई उडान नहुँदा यहाँका नागरिक प्रत्यक्षरुपमा मारमा परेको हुम्ला होटेल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भीम लामाले बताए ।

प्राधिकरणको नियमका कारण हवाईजहाज र हेलिकप्टरले हुम्लामा उडान नभर्दा चार बालबालिकाको मृत्युसमेत भएको उनको आरोप थियो । प्राधिकरणले १२ः३० बजेपछि हुम्लासहित २९ वटा विमानस्थलमा हवाई उडानमा लगाएको र नयाँ निमयविरुद्ध आफू पनि आन्दोलनमा उत्रिएको नागरिक समाजका अध्यक्ष गणेश महतले बताए ।

हिजो पहिलो दिन धर्ना दिने कार्यक्रम भए पनि प्राधिकरणले निर्णय फिर्ता नलिए विमानस्थल बन्द गर्नेदेखि कडा आन्दोलनमा उत्रिने उनले बताए । ठाउँ र भूगोल सुहाउँदो निर्णय गर्नुपर्नेमा जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाम्ग्याल तामाङले जोड दिए । हिमाली जिल्लावासीका लागि यो नियम पहिलो भए पनि अहिले लागू भएको नियमले हुम्लीवासी मारमा परेको नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष राजन रावतले बताए । नेपाल एयरलाइन्सले उडान नभरिरहेको हुम्लामा निजी एयरलाइन्सको उडानमासमेत प्रतिबन्द लगाउँदा चार बालबालिकाको मृत्यु भएको र खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायत निर्माण व्यवसायीले सामानको अभाव खेप्नुपरेको सिमकोट गाउँपालिका पूर्वअध्यक्ष पदमबहादुर लामाले बताए ।

बिहानको समय हुम्लामा पानी पर्नाका साथै बाक्लो बादल लाग्ने र ११÷ १२ बजेपछि मौसममा सुधार हुँदै जाने भए पनि प्राधिकरणको नयाँ नियमका कारण हवाई उडानमा रोक लागेको छ । यो नियम लागू हुनुभन्दा पहिला नेपालगञ्ज र सुर्खेतबाट निजी एयरलाइन्सले साँझ ५ बजेसम्म आफ्नो नियमित उडान गर्दै आएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
नेदरल्याण्डको १३० रन पुरा, कप्तान पारसले लिए दुई विकेट
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
आत्मदाहा गरेका प्रेम आचार्यकी श्रीमतीद्वारा बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान
नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
अमेरिकाको स्ट्रिप क्लबमा गोली चल्दा ३ जना घाइते, बन्दुकधारीको मृत्यु
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
खाडी मुलुकबाट पनि नियमित अन्तर्राष्ट्रिय उडान हुने
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
लमजुङमा देव गुरुङ विजयी, प्रदेशसभामा पृथ्वी र धनञ्जयको जित
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
यातायात व्यवस्था विभागद्वारा  बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
यातायात व्यवस्था विभागद्वारा बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
केन्द्रीय कमिटी बैठकको तयारीमा : प्रचण्ड
केन्द्रीय कमिटी बैठकको तयारीमा : प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?