कोरोना भाइरसः चीनलाई उछिन्दै युरोप

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कोरोना भाइरसः चीनलाई उछिन्दै युरोप

सारांश

  • एजेन्सी।
  • कोरोना भाइरसको संक्रमण पत्ता लागेको साँढे दुई महिना पुग्दा चीनमा संक्रमितको संख्या वृद्धि दर घट्दो छ ।
  • चीनले भाइरस फैलन रोक्ने रणनीतिमा धेरै सफलता हासिल गरेको सार्वजनिक गरिसकेको छ ।

एजेन्सी। कोरोना भाइरसको संक्रमण पत्ता लागेको साँढे दुई महिना पुग्दा चीनमा संक्रमितको संख्या वृद्धि दर घट्दो छ । चीनले भाइरस फैलन रोक्ने रणनीतिमा धेरै सफलता हासिल गरेको सार्वजनिक गरिसकेको छ ।

चीनको वुआन क्षेत्रमा चीन सरकारले विशेष निगरानी र नियन्त्रण उपाय अपनाएर धेरै सफलता हासिल गरेको हो । तर, चीनमा कोरोना भाइरस संक्रमणको सुचना सार्वजनिकपछि चीनबाट यात्रा गर्नेलाई आफ्नो देश प्रवेशमा रोकेका देशहरु संक्रमणबाट जोगिएनन् । विशेषगरी युरोपमा यसको संक्रमण ह्वात्तै फैलिएको छ । युरोप सँसारकै मानिसहरु पुग्ने र बसाईंसराईंको केन्द्र भएकाले संक्रमणको खतरा आँकलन गरिएको थियो ।

विगतमा गरिएको आँकलन सही सावित भएको छ । अहिले युरोपमा कोरोना भाइरसको संक्रमण भयावह बन्नेतर्फ छ । सिंगो युरोपमा संक्रमण फैलिएको अनुपातलाई हेर्ने हो भने एक महिनाभित्र चीनलाई उछिन्ने देखिदैछ । चीनमा हालसम्म ८० हजार मानिस संक्रमित भइसकेका छन् । ११ वटामात्र नयाँ संक्रमित भेटिएका छन् ।

युरोपमा सबैभन्दा बढी इटालीमा कोरोना भाइरसको संक्रमण छ । त्यहाँ १७ हजार भन्दा बढी संक्रमित भएका छन् । इटाली सिंगो देश नै ठप्प छ ।

स्पेनमा एकै दिन १५ सय मानिस कोरोना भाइरस संक्रमित भएका छन् । त्यहाँ छ हजार संक्रमित भइसकेका छन् ।

बेलायतमा एकै दिन साँढे तीन सय संक्रमित भेटिएका छन् । त्यहाँ एक हजारभन्दा बढी संक्रमित भइसकेका छन् । नेदरल्याण्डमा संक्रमित संख्या एक हजार पुग्दैछ ।

फ्रान्स, जर्मनीलगायत युरोपमा बढी जनसंख्या भएका देशमा पनि कोरोना भाइरस फैलिइरहेको छ । जर्मन चान्सलर एन्जेला मार्कलले कुल जनसंख्याको ७० प्रतिशत भाइरस संक्रमित हुनसक्ने खतरा औल्याएकी छिन् । जर्मनीमा चार हजार संक्रमित भेटिइसकेका छन् ।

युरोपका अन्य देशमा पनि भाइरस फैलिइरहेको छ । भाइरसका कारण मानिसहरुको मृत्यु हुने क्रम पनि बढेको छ । स्वीटजरल्यान्ड र नर्वेमा एक हजारभन्दा बढी संक्रमित भेटिएका छन् । युरोपका देशहरुमा दैनिक संक्रमित संख्या ह्वात्तै बढेको छ । यही गतिमा वृद्धि हुँदै जाने हो भने युरोपमा अबको एक महिनाभित्र चीनलाई उछिन्ने गरी संक्रमित बढ्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित
बेलायतका प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा
चितवनमा बाढीले जनधनको क्षति भएपछि रेणु दाहाल एक्शनमा, तीन समूह बनाएर फिल्डमा
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
सातै प्रदेशमा यात्रु सहायता कक्ष
सातै प्रदेशमा यात्रु सहायता कक्ष
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
धर्ना बस्दाबस्दा निर्मला पन्तका बुबाको मानसिक सन्तुलन खराब
ओली र प्रचण्डको कसरत, फोरमलाई सरकारमा ल्याउन जोड
ओली र प्रचण्डको कसरत, फोरमलाई सरकारमा ल्याउन जोड
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ  सकियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनारायण पाण्डे लगायतको निवेदनमाथिको सुनुवाइ सकियो
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण
एक वामपन्थी नेताको नजरमा भारतका विदेशमन्त्री स्वराज नेपाल आउनुको यस्तो छ कारण

तपाईंले छुटाउनुभयो कि?