प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २, २०७६
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको तीन फिट नजिक जान मनाही

सारांश

  • काठमाडौं, २ चैत्र ।
  • मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई एक महिनासम्म चलाइने औषधिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमै निजी चिकित्सकद्वय दिव्या सिंह र दिलीप शर्माको नियमित निगरानीमा छन् ।
  • चिकित्सकहरूकै निगरानीबीच उनले शनिबारबाट नियमित दैनिकीमा फर्किने प्रयास थालेका हुन् ।

काठमाडौं, २ चैत्र । मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई एक महिनासम्म चलाइने औषधिले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने भएकाले प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारमै निजी चिकित्सकद्वय दिव्या सिंह र दिलीप शर्माको नियमित निगरानीमा छन् । चिकित्सकहरूकै निगरानीबीच उनले शनिबारबाट नियमित दैनिकीमा फर्किने प्रयास थालेका हुन् ।

चिकित्सकहरूले उनलाई एक महिनासम्म अन्य व्यक्तिहरूसँगको सम्पर्कमा नजान तथा कम्तीमा पनि तीन महिनासम्म भिडभाडबाट टाढै रहेर आराम गर्न सुझाब दिएका छन् । ‘एक महिना संक्रमणको बढी जोखिम हुने भएकाले चिकित्सकहरूको सुझाबलाई उहाँले पूरापूर फलो गर्नुहुनेछ,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले भने । बालुवाटार फर्किएपछि शुक्रबार बेलुकीदेखि नै उनले पहिलेजस्तै खानपिन गर्न थालेको उनको सचिवालयले जनाएको छ । नेताहरूसँगको भेटका अतिरिक्त केहीबेर पत्रपत्रिका अध्ययनका साथै अनलाइनमार्फत पछिल्ला घटनाक्रमबारे पनि प्रधानमन्त्री ओली नियमित ‘अपडेट’ हुन थालेका छन् । आरामपछि सुरक्षाकर्मी र परिवारका सदस्यहरूको साहारामा बालुवाटार परिसरमै केही मिनेट हिँडडुलसमेत गरेको उनको सचिवालयले जनाएको छ ।

यस्तो छ ‘केयर रुम’

प्रधानमन्त्री ओलीलाई खुला कोठामा राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘उहाँका लागि छुट्टै बेड राखिएको छ, कुर्चीहरू टाढा राखिएका छन्, छुट्टै विशेष कक्ष बनाइएको छैन,’ सचिवालयका एक सदस्यले भने, ‘उहाँ मास्क लगाएर बस्नुभएको छ, भेट्ने व्यक्तिहरूले पनि टाढैबाट उहाँसँग माक्स लगाएरै कुराकानी गर्छन् ।’

चिकित्सकहरूले कम्तीमा पनि तीन फिट टाढा रहेर मात्र थोरै कुराकानी गर्न प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् । तर, मन्त्रिपरिषद् बैठक र पार्टी सचिवालय बैठक बोलाउनुपर्ने अवस्थामा भने चिकित्सकहरूको सुझाबलाई ख्याल गरेर बीचमा सिसा राख्ने कि नराख्नेबारे सचिवालय निर्णयमा पुग्न बाँकी छ । अहिले थोरै मान्छेसँग केहीबेर एक्लाएक्लै भेट्नेबाहेक बैठकै आयोजना गर्ने गरी उनको स्वास्थ्यमा सुधार भइसकेको अवस्था भने नरहेको उच्च स्रोतले जनाएको छ ।

बालुवाटारमै नियमित फिजियोथेरापी

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा चिकित्सकहरूले नियमित ‘फिजियोथेरापी’ पनि गराइरहेका छन् । निजी चिकित्सकहरू दिव्या सिंह र दिलीप शर्मासहित त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रधानमन्त्रीलाई पुरानै दैनिकीमा फर्काउन नियमित थेरापी सुरु गरेका हुन् । ‘यो मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई पुरानै दैनिकीमा फर्काउन जे–जे प्रक्रिया अपनाइन्छ, त्यसैको निरन्तरता हो,’ प्रधानमन्त्रीका एक सल्लाहकारले भने । प्रधानमन्त्री ओलीले अस्पतालबाटै सामान्य हिँडडुलसहितको थेरापी सुरु गरेका थिए ।( दृष्टिबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट
काभ्रे प्रदेशशभा २ क को पछिल्लो अपडेट
यातायात व्यवसायी कम्पनीमा जाने म्याद फागुनसम्म
यातायात व्यवसायी कम्पनीमा जाने म्याद फागुनसम्म
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
खेलकुद क्षेत्रका समस्या निरुपण गर्दै विकास गर्ने : नवनियुक्त मन्त्री लिम्बू
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि बालुवाटारमा गठबन्धनको बैठक
जेठ १४ गतेको राशीफल, कुन राशीलाई राम्रो र कुन राशीलाई खराब दिन छ ?
गोरेको वयान: अंडरवर्ल्ड डन दाउद इब्राहिमका मान्छेले सुनमा लगानी गरेका छन !
गोरेको वयान: अंडरवर्ल्ड डन दाउद इब्राहिमका मान्छेले सुनमा लगानी गरेका छन !
त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
त्रिकोणात्मक ट्वान्टी-२० क्रिकेटका लागि नेपाली टोलीको घोषणा
मन्त्री अधिकारीका बुवाआमा हेलिकप्टरमा काठमाडौं आउँदै
मन्त्री अधिकारीका बुवाआमा हेलिकप्टरमा काठमाडौं आउँदै
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग
पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन
पुनर्निर्माणका लागी भारतले एक खर्ब दिने वाचा गरेको १ रुपैयाँ पनि दिएन

तपाईंले छुटाउनुभयो कि?