घरबाहिर नांगै दिसा गर्दा यौन दुव्यवहार, रोग पनि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • विराटनगर, १ जेठ- घरबाहिर नांगै भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएको सोमबार विराटनगरमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।
  • जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिले घरबाहिर नांगै दिसा गर्दा महिलामाथि यौन दुव्र्यवहार पनि हुने गरेको बताएका छन् ।
  • साथै खुला दिसाका कारण यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न खालका रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको बताएका छन् ।

विराटनगर, १ जेठ- घरबाहिर नांगै भएर खुला दिसा गर्नु समाजका लागि लज्जास्पद कार्य भएको सोमबार विराटनगरमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति, मोरङद्वारा आयोजित मोरङ जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान गोष्ठीका सहभागी गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधिले घरबाहिर नांगै दिसा गर्दा महिलामाथि यौन दुव्र्यवहार पनि हुने गरेको बताएका छन् ।

साथै खुला दिसाका कारण यौन दुव्र्यवहार, बालबालिकामा विभिन्न खालका रोग तथा बाढी र विषालु किराको टोकाइका कारण अकालमा मृत्यु हुने गरेको बताएका छन् ।

जिल्ला समन्वय समिति, मोरङका अध्यक्ष नरेश पोखरेलले सबै स्थानीय निकायले गाउँठाउँमा सफाइका साथै महिला तथा युवती, बालबालिकाको हितका लागि प्रत्येक घरको अनुगमन गरी अभियानको रुपमा चर्पी निर्माणमा जोड दिन आग्रह गरे ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक मनोज घिमिरेले चर्पीको अपरिहार्यतामा सर्वसाधारण संवेदनशील हुनुपर्ने बताउँदै स्वच्छता र स्वास्थ्यका लागि आफ्नो बानीमा परिवर्तन गरी चर्पी निर्माण गरी प्रयोग गर्न आग्रह गरे ।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा अनुगमन गरी चर्पी निर्माणका लागि अभियानको सञ्चालन गर्न खुला दिसाबाट समाज, स्वास्थ्य क्षेत्रमा हुने क्षति, दुर्घटना आदि विषयमा सर्वसाधारणलाई जनचेतना जागृत गराउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?