के बन्द भयो भद्रगोल ? पाँडेले लेखे यस्तो स्ट्याटस
सारांश
- काठमाडौं, माघ २१ ।
- नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ ।
- नेपाली हास्यटेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हब प्रा.
काठमाडौं, माघ २१ । नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हास्यटेलिश्रृंखला भद्रगोलको प्रसारण रोकिने भएको छ । नेपाली हास्यटेलिसिरियल मध्येकै चर्चित तथा लोकप्रियमा गनिएको भद्रगोल रोकिनुको मुख्य कारण मिडिया हब प्रा.लि. बनेको भद्रगोलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताएका छन् ।
‘कार्यक्रम को सम्झौता अनुसार कहिले पनि भुक्तानी भएन । केही कथित व्यक्तिहरुको मनोमानीले गर्दा हामिलाई कार्यक्रम उत्पादन गर्न निकै समस्या उत्पन्न गरियो । मिडिया हबको कर्मचारी भद्रगोलको निर्देशक भन्दामाथि देखियो ।’ अर्जुनले फेसबुकमा लेखेका छन् ।
भद्रगोल गएको शुक्रबार १५७ भागसम्म प्रसारण भएको थियो । पछिल्लो समय समाजका चासोको बिषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दै आएको भद्रगोल नेपाली युट्युब ट्रेडिङको शीर्षस्थानमा पनि धेरैपटक आइरहेको छ ।
यो भन्दाअघि अन्य हास्यटेलिसिरियल पनि यसैगरी बन्द हुँदै आएका छन् । मेरीबास्सै, जिरे खुर्सानी, तितोसत्यलगायतका लोकप्रिय टेलिसिरियलहरु पनि बन्द भएका थिए । मेरीबास्सै र जिरे खुर्सानी पुनः प्रसारण हुन थालेका छन् भने तितोसत्य सधैंका लागि बन्द भयो ।
भद्रगोल बन्द भएको बिषयमा मिडिया हवका सञ्चालक सोम धितालसँग कुरा गर्दा भद्रगोल बन्द नहुने बताउँछन् । उनले भद्रगोलका कलाकार तथा निर्देशकले बन्द गर्छु भन्दैमा बन्द गर्न नसक्ने बताए । ‘अर्जुनजीले बन्द गर्छु भन्दैमा कसरी बन्द हुन्छ ? यदि उहाँले गर्नुहुन्न भने अन्य कलाकार राखेर भएपनि हामी (मिडिया हव)ले बनाउँछौं । ढुक्क हुनुस बन्द हुँदैन ।’ धितालले भने ।
अपडेटः भद्रगोलका कलकार तथा निर्देशक अर्जुन घिमिरेले फेसबुकमा राखेको स्ट्याटस १० मिनेट नहुँदै हटाइसकिएको छ ।
प्रतिक्रिया