कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपीशर्मा ओली भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर स्वदेश फर्केका छन् ।
- संसदमा प्रस्तुत मिडिया काउन्सिल विधयकका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत विधेयकमाथि छलफल गर्न सकिने बताए ।
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओली भियतनाम र कम्बोडियाको साताव्यापी भ्रमण सकेर स्वदेश फर्केका छन् ।
संसदमा प्रस्तुत मिडिया काउन्सिल विधयकका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत विधेयकमाथि छलफल गर्न सकिने बताए ।
“कुनै नियममाथि, कुनै कानुनमाथि छलफल गर्न सक्छौं । सरकारले जारी गरेका निर्देशिका, नियम वा परिपत्रमाथि छलफल गर्न सक्छौं । त्यसका गुण र दोष केलाउन सक्छौं र आवश्यकता अनुसार परिमार्जन गर्न सक्छौं” प्रधानमन्त्री ओलीले भने, “तर आवेशजन्य, उत्तेजनाजन्य, च्यातचुत गर्ने, च्यातेर बहस होइन च्यात्ने, च्यातेर बहस के भयो ? त्यो संसदका निम्ति शोभनीय कुरा होइन । संसदीय गरिमाका निम्ति बहस शोभनीय हुन्छ । दस्तावेजहरु च्यात्ने कुरा शोभनीय हुँुदैन । बहस शोभनीय हुन्छ, शिष्ट, मर्यादित ढंगले ।”
फर्कने क्रममा बुधबार साँझ त्रिभुवनविमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले “सभामुखज्यूले मैले कुनै गैह्र संसदीय शब्द बोलेर त्यो डिलिट गर्नुपर्छ, रेकर्डबाट हटाउनु पर्छ भन्नु पनि भएको छैन् ।”
प्रधानमन्त्री ओलीले संसदमा केही संसदले उत्ताउला, अमर्यादित र असंसदीय शब्द प्रयोग गरेको र ती शब्द सभामुखले हटाएको बताएका थिए ।
“सभामुखले त्यसैलाई संकेत गर्नु भएको हो, डिलिट गर्ने कुरामा । एउटा मैले यति भनौं संसद एउटा मर्यादित ठाउँ हो रमर्यादा राख्नु पर्छ” प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सामन्ती संस्था हुँदा त्यसको मर्यादा राख्नुपर्छ र त्यसको विरुद्धमा बोल्नु हुन्न भनेर चुप लाग्नेहरु अहिले जनताबाट निर्वाचित गणतन्त्रात्मक प्रणाली, संस्था लोकतन्त्र हुदाँ लोकतन्त्रका र गणतन्त्रका आधारभुत संस्थाहरु र राष्ट्रका जननिर्वाचित मर्यादित, राज्यका सर्वोच्च निकायहरु माथि अपमान गर्नु आफ्नो बहादुरी ठान्ने त्यो प्रवृति देखा परेको बताए ।
“गणतन्त्र माथि हमला गर्ने एउटा माध्यमको रुपमा, एउटा अस्त्रको रुपमा गणतन्त्रका उपलब्धि, गणतन्त्रका सर्वोच्च संस्थाहरु माथिहमला–अनाहक, अकारण र अनुचित ढंगले भइरहेको छ ।त्यो हामी बुझ्न सक्छौं ”प्रधानमन्त्री ओलीले भने, “त्यो गणतन्त्रका विरुद्धको एउटा प्रहार हो । त्यसमा कुनै कन्फ्युजनमा हामी छैनौं ।”
प्रतिक्रिया