आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकको दावी

सारांश

  • काठमाडौ ।
  • नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशंका नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ ।
  • राष्ट्र बैंकले राष्ट्रिय बैंकको शाखा पुराउन बाँकी स्थानीय तहमा शाखा विस्तार गर्ने, प्रणालीगत रुपमा महत्वपूर्ण रहेका बैंकको पहिचान, नियमन र सुपरीवेक्षणका लागि विशेष संरचना निर्माण गरि भावी कार्ययोजना रहेकोले आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकले दावी गरेको हो ।

काठमाडौ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशंका नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ । राष्ट्र बैंकले राष्ट्रिय बैंकको शाखा पुराउन बाँकी स्थानीय तहमा शाखा विस्तार गर्ने, प्रणालीगत रुपमा महत्वपूर्ण रहेका बैंकको पहिचान, नियमन र सुपरीवेक्षणका लागि विशेष संरचना निर्माण गरि भावी कार्ययोजना रहेकोले आर्थिक वृद्धिदर ८ प्रतिशत पुग्ने राष्ट्र बैंकले दावी गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप दुई हजार ७ सय ४२ अर्ब रुपैया पुगेको तथा यो कुल गार्हस्थ्य उत्पादनको ९१.२ प्रतिशत भएकोे बैंकले जनाएको छ । बैंक तथा वित्तीय क्षेत्र संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा २२ं५ प्रतिशतले वृद्धि भई दुई हजार ४०० अर्ब पुगेको र यो कूल गार्हस्थ्य उत्पादनको ७९.८ रहेको जनाइएको छ ।

 

आव २०७४ र ७५ मा कूल वस्तु आयात २५.५ प्रतिशतले बढेर एक हजार २४२ अर्ब ८३ करोड पुग्नाका साथै निर्यात भने रु ८१ अर्ब १९ करोड बराबरको भएको तथ्याङ्क प्रस्तुत गरिएको छ । बैंकिङ क्षेत्रसँग कूल विदेशी विनिमय सञ्चिति एक हजार १०२ अर्ब ५९ करोड रुपैया छ । कूल विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बैंकले अनुमान गरेको छ ।

 

गत असार मसान्तसम्म २८ वाणिज्य बैंकमध्ये २५ र ३३ विकास बैंकमध्ये २१ तथा २५ वित्त कम्पनीमध्ये ११ वटाले तोकिएको चुक्ता पूँजी पुराएको समितिलाई जानकारी दिइएको छ । आव २०७४ र ७५ मा विस्तृत मुद्राप्रदाय १९.४ प्रतिशतले बढेको जानकारी दिँदै बैंकले अघिल्लो वर्ष उक्त मुद्राप्रदाय १५.५ प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गरेको थियो । कूल वस्तु व्यापारमा अहिले वार्षिक बजेट घाटा रु एक हजार १६१ अर्ब ६४ करोड पुगेको छ भने विप्रेषणको अवस्था वार्षिक रुपमा रु ७ सय ५५ अर्ब छ करोड रहेको छ ।

 

अघिल्लो वर्ष ८२ अर्ब ११ करोड रुपैयाले बचतमा रहेको समग्र शोधानान्तरण स्थिति समीक्षा वर्षमा ९६ करोडले मात्र बचत रहेको छ ।समस्याग्रस्त घोषणा भएका १६ मध्ये दुई संस्था खारेजीमा गएको तथा नौ संस्था रिजोलुसनपछि सञ्चालनमा आएको बताइएको छ ।

 

बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल असार मसान्तसम्ममा छ हजार ६५१ पुगेको तथा ७५३ मध्ये हालसम्म ६३७ स्थानीय तहमा वाणिज्य बैंकको उपस्थिति रहेको बताइएको छ । मुलुकको ढुकुटीमा अहिले नगद मौज्दात रु १३८ अर्ब रहेको छ भने रु २८ अर्ब बराबरको सुनचाँदी छ । समग्रमा एक नेपालीले रु १०० कमाउँदा रु आठ मात्र बचत गर्ने तथा बाँकी रकम उपभोग र विलासिताका वस्तुमा खर्च गर्ने प्रवृत्ति देखिएको छ ।

(https://conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बनारस पनि जादै प्रधानमन्त्री देउवा
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
सासंद ठेकेदारदेखि सहन्यायाधिवक्तासम्म अख्तियारको फन्दामा, को को पर्दैछन जेलमा ?
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
पुस्पाको मृत्यु कि हत्या :४ दिन बित्दा पनि पत्ता लागेन ?
आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो
आज हुने भनिएको नेकपाको पार्टी प्रवेश कार्यक्रम एक दिन सर्यो
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
काठमाडौ क्षेत्र १ बाट रमेश खरेलको उम्मेदवारी, सदनमा संगठित अपराधीको संख्या घटाउन उम्मेदवारी दिएको उद्घोष
Best Board Bedroom Tables
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
तेह्रथुमको आठराई गाउँपालिकाको कांग्रेस र माओवादीको संयुक्त आमसभा हुँदै,,
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा
लिग-२ क्रिकेटः चारै खेल जित्न सके नेपाल सोझै विश्वकप छनोटमा

तपाईंले छुटाउनुभयो कि?