घरमा आमा बितिन्, किरिया महाकालीपारि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ४, २०७७
|
|
३८ पटक हेरिएको
Shares
घरमा आमा बितिन्, किरिया महाकालीपारि

सारांश

  • दार्चुला।
  • मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन्।
  • बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो।

दार्चुला। मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बसेका छन्।

बैसठ्ठी वर्षीया आमा गौमतीको घरमा निधन हुँदा पनि उनले भारतीय क्वारेन्टाइनबाट नेपाल आफ्नो जन्मभूमि घर आउन नपाउँदा कालीपारि कै क्वारेन्टाइनमा किरिया बस्नुपरेको हो।

तीन महिनाअघि भारतमा मजदूरी गर्न गएका भट्ट लकडाउनपछि घर आउँदा धार्चुलामा अलपत्र परेका थिए। लकडाउन, आइसोलेसन, क्वारेन्टाइन, सामाजिक दूरी कहिल्यै नसुनेका भट्टले यिनै शब्दका कारण आमाको निधन हुँदा पनि घर आउन पाएनन्।

“मजदूरीकै लागि भारतका काला पहाड गएका हुन्”, उनका कान्छा भाइ सुनिलले भने, “चार भाइमध्ये एक्लै घरमा छु। नयाँ वर्षका लागि घर आउने भनेर तीनै जना दाइ भारतमै मजदूरी गर्न गएका थिए। दुई दाइ घर आएनन्, वासुदेव घर आउँदा धार्चुलामा अड्कियो।”

विसु पर्व मनाउन एकसरो लुगाका लागि धन कमाउन गएका दाजु आमाको किरिया गर्न पनि स्वदेश आउन नपाउँदा भाइ सुनिल एक्लै किरिया बसेका छन्।

विश्वभर महामारीको रूपमा फैलिएको कोराना भाइरसका कारण वासुदेव पनि घर आउन खोजेका थिए तर आउँदाआउँदै नेपाल–भारत दुवैतर्फ लकडाउन भयो। आफ्नो देश आउने प्रवेशद्वारमा ताला लाग्यो। वासुदेवले भने, “अहिले आमाको ज्यान जाँदा पनि घर आउन नपाउँदा क्वारेन्टाइनमै किरिया बसेको छु।”

“ठेकेदारले समयमै काम गरेबापतको ज्याला नदिँदा आउन ढिला भयो, आफ्नै देश फर्किएर विसु मनाउने सपना थियो”, उनले भने, “विसुमा आमा गौमति र बुवा खेट्टेलाई भेट्ने सपना थियो । देश फर्किएर आमा बुबासँगै नयाँ वर्ष मनाउने सपनामा ब्रजपात भयो।”

सयौँ नेपालीसँगै वासुदेव पनि धार्चुला पुगेका थिए। “तीन दिनसम्म आफ्नो देश आउन नपाएपछि नाराबाजीसमेत गर्यौँ”, उनले भने, “तर महाकालीमाथिको पुलमा बसेका सुरक्षाकर्मीले गेट खोल्दै खोलेनन्। पाँच दिन भारतीय गौशालामा बास भयो, केहीले ज्यानको बाजी लगाएर महाकालीमा हाम हाम्रै आँखा अगाडि फाल हाने। हामी भने महाकालीमा ज्यानको बाजी लगाउन पाएनौँ ।”

वासुदेव जिन्दगीमा पहिलो पटक सुनेको क्वारेन्टाइनमा २० दिनदेखि बसेका छन्र्। क्वारेन्टाइनमा उनीजस्ता एक हजारभन्दा बढी नेपाली धार्चुलामा बसेका छन्।

आँगनमै आएर पनि आफ्नो देश आउन नपाएका उहाँ दिनदिनै फोनमा परिवारसँग कुरा गर्थे। लकडाउन कहिले खुल्ने हो? लकडाउन नगरे के हुन्छ भन्ने खासै मेसो नपाएकी उनीका आमासँग पनि दुई दिनअघि मात्र फोन भएको थियो।

“मङ्गलबार साँझ घरबाट फोन आयो, फोन सामान्य थिएन, सोचेँ आमाले गर्नुभएको होला”, वासुदेवले भने, “भाइको रुँदै फोन आयो। आमा बित्नुभयो।”

देश फर्किन नपाएको उहाँको मनको घाउमाथि फोनबाट आएको खबरले नुनचुक छर्कियो। “आमा सम्झिएँ, मन भरिएर आयो”, उनी भक्कानिए। उनका भाइ लोकेन्द्र भारतकै बेङ्गलोरमा र अर्का भाइ माधव दिल्लीमा छन्। भाइहरु पनि गाउँ पुगेका छैनन्। एक्ला भाइ घरमा छन्।

आमाको मृत्युपछि घर आउँछु भन्दै नेता प्रशासकलाई फोन गरे पनि उहाँ घर आउन सकेनन्। अन्ततः उनी साथीभाइको सहयोगमा क्वारेन्टाइनमा सेतो लुगा लगाएर किरिया बस्न बाध्य भए।

बहत्तर किलोमिटर टाढा रहेका वासुदेवले आमाको सत्गति गर्न घर पुग्न नपाएपछि अरु नेपाली पनि निराश छन्। शैल्यशिखर नगरपालिका–१ को कार्यालयले वासुदेवलाई आमाको मृत्युपछि गरिने किरियाको आवश्यक काम गर्न बन्दोबस्ती मिलाइदिन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्राचार गरेको छ।

वडाअध्यक्ष भरतबहादुर खडायतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै मृत्युपछि गरिने कार्यका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेका हुन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल वडा कार्यालयबाट आएको पत्रको आधारमा भारतीय प्रशासनसँग पहल गरिएको बताउँछन्। “हामीले आवश्यक समन्वयका लागि पत्र पठाएका छौँ”, उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
सत्तारुढ कांग्रेस–माओवादीले तालमेल प्रदेश २ मा एमाले एक्लै भिड्दै,प्रचार अभियान तीब्र;
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
मनाङेको राजनीतिक अवसानः हुरीझैं आए, त्यसरी नै गए
मनाङेको राजनीतिक अवसानः हुरीझैं आए, त्यसरी नै गए
युद्धमा घाइते बनेका कमिलाको उपचार कसरी हुन्छ ?
युद्धमा घाइते बनेका कमिलाको उपचार कसरी हुन्छ ?
कोसी फुट्ने हल्लापछि सरकारी अधिकारीहरु कोसीतिर
कोसी फुट्ने हल्लापछि सरकारी अधिकारीहरु कोसीतिर
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
एमालेले राख्यो नागरिकता विधेयकमा मतदान गर्न माग
लगातार वर्षाले जनकपुर जलमग्न
लगातार वर्षाले जनकपुर जलमग्न
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे
सलमान आफैले दिए यस्तो प्रतिक्रिया,रानु मण्डललाई ५५ लाखको घर दिएकोबारे

तपाईंले छुटाउनुभयो कि?