कोरोना भाइरसबाट जोगिन प्रहरीलाई ‘द रेमण्ड सप’को यस्तो सहयोग
सारांश
- कोरोना भाइरसबाट विश्व नै आक्रान्त बनिरहेको समय नेपाल पनि यसको उच्च जोखिममा छ ।
- यतिबेला सामान्य मानिसको तुलनामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी झन बढि जोखिममा रहेका छन् ।
- लकडाउनको घोषणा गरिएपनि सडकमा बिनाकारण निस्कने सर्वसाधारणलाई सचेत गराउन वा घरभित्रै बस्ने आह्वनका लागि र सुरक्षाको निम्ति अहिले प्रहरी चौबिसै घण्टा सडकमै छन् ।
कोरोना भाइरसबाट विश्व नै आक्रान्त बनिरहेको समय नेपाल पनि यसको उच्च जोखिममा छ । यतिबेला सामान्य मानिसको तुलनामा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी झन बढि जोखिममा रहेका छन् । लकडाउनको घोषणा गरिएपनि सडकमा बिनाकारण निस्कने सर्वसाधारणलाई सचेत गराउन वा घरभित्रै बस्ने आह्वनका लागि र सुरक्षाको निम्ति अहिले प्रहरी चौबिसै घण्टा सडकमै छन् । यस्तो अवस्थामा प्रहरीलाई सुरक्षित रहन मद्दत पुग्ने मास्क, पञ्जा जस्ता पीपीई लगायतका सामाग्री प्रयाप्त उपलव्ध हुन सकिरहेको छैन ।
यसै कुरालाई मध्यनजर गर्दै ‘द रेमण्ड सप’ले ‘पर्सनल प्रोटेक्टिभ इक्यूपमेनट ‘(पीपीई)का लागी आवश्यक सामाग्री प्रहरीलाई हस्तारन्तरण गरेको छ । प्रहरीलाई २० वटा पीपीई कभर प्रदान गरिएको द रेमण्ड सपका सञ्चालक सञ्जय अधिकारीले बताए । सुरक्षित सामाग्रीको अभाव रहेको अवस्थामा आफुहरुले उत्पादन गर्ने सामाग्रीबाट प्रहरीलाई सहयोग पुगोस् भनेर सहयोग गरिएको अधिकारीले बताए ।
‘द रेमण्ड सप’ले प्रहरीको विपद व्यवस्थापन विभागका प्रहरी नायव उपरीक्षक प्रभु ढकाललाई पीपीई कभर हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया