विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको तेस्रोपटक आदेश, फेरि पक्राउ

सारांश

  • काठमाडौँ ।
  • सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ ।
  • न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको सोमबारको तेस्रो हो ।

काठमाडौँ । सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न तेस्रोपटक आदेश गरेको छ ।

न्यायाधीशद्वय सपना मल्ल प्रधान र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई नुवाकोट जिल्ला अदालतको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको सोमबारको तेस्रो हो ।
आदेशमा भनिएको छ, ‘अदालतको आदेशको सम्मान र कार्यान्वयन गर्नुपर्ने कानूनी दायित्व भएको निकायबाट बारम्बार आदेशलाई असम्मान गरेकामा अदालतको गम्भीर सरोकार रहेको छ, निज विश्वकर्मालाई नुवाकोट जिल्ला न्यायाधीशको रोहवरमा छाड्नू ।’

आदेशमा मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार तथा प्रमाण भए कानूनले रोक लगाएको नदेखिएको तर गैरकानूनी रुपमा राखेको भनी दुईपटक आदेश जारी गर्दा पनि आदेशको उल्लङ्घन गर्नुलाई अदालतले गम्भीरतापूर्वक लिएको छ ।

सर्वोच्च अदालतको आदेशले जिल्ला अदालत नुवाकोटको रोहवरमा रिहा भएका खड्गबहादुर विश्वकर्मालाई अदालत परिसरबाट नै प्रहरीले फेरि पक्राउ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?