लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ६, २०७७
|
|
२० पटक हेरिएको
Shares
लक्षण नदेखिए पनि कोरोना परीक्षण गर्न पाइने

सारांश

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने जानकारी दिएको छ ।
  • मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा प्रवक्ता डा.
  • विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पनि पीसीआर तथा आरडीटीबाट जाँच गराउन पाउने जानकारी दिएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार अब जोकोहीले पनि स्वेच्छाले परीक्षण गर्न पाउने भएका हुन् । तर, उनीहरुले तोकिएको स्वास्थ्य संस्थाबाट परीक्षण गराउनुपर्ने हुन्छ । उनले भने,‘हामीले पीसीआरको परीक्षण बढाउन कोरोना जाँच गराउन चाहनेले तोकिएको स्वास्थ्य संस्थामा जाँच गराउन पाउने व्यवस्था गरेका छौं, यसरी जाँच गरिएपछि पीसीआर परीक्षणको दायरा बढ्ने हामीले लक्ष्य लिएका छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?