धान उत्पादनमा वृद्धि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
धान उत्पादनमा वृद्धि

सारांश

  • उन्नत जातको धान खेतीप्रति पाल्पाका किसानको आकर्षण बढेपछि जिल्लाको धान उत्पादनमा वृद्धि भएको छ ।
  •   धानखेती गर्ने पाल्पाका अधिकांश किसान उन्नत जातको धान खेतीप्रति आकर्षित भएकोले गतवर्षभन्दा यो वर्ष दुई हजार मेट्रिक टन धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।
  • गतवर्ष जिल्लाभरि ३३ हजार ८९६ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३५ हजार ८८ मेट्रिकटन पुगेको छ ।

उन्नत जातको धान खेतीप्रति पाल्पाका किसानको आकर्षण बढेपछि जिल्लाको धान उत्पादनमा वृद्धि भएको छ ।  धानखेती गर्ने पाल्पाका अधिकांश किसान उन्नत जातको धान खेतीप्रति आकर्षित भएकोले गतवर्षभन्दा यो वर्ष दुई हजार मेट्रिक टन धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ ।
गतवर्ष जिल्लाभरि ३३ हजार ८९६ मेट्रिकटन धान उत्पादन भएकोमा यो वर्ष बढेर ३५ हजार ८८ मेट्रिकटन पुगेको छ ।  पल्पाको गतवर्षको धानखेतीको उत्पादकत्व तीन दशमलव नौबाट यो वर्ष बढेर चार दशमलव छ पुगेको वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले जानकारी दिनुभयो ।
पाल्पामा हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको धानको बीउ वितरण गर्दै आएको जानकारी दिंदै वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले यो वर्ष मौसमले साथ दिंदा पनि धान उत्पादनमा वृद्धि भएको उल्लेख गर्नुभयो ।  किसान उन्नत जातको धान खेतीप्रति आकर्षित हुनु, समयमै खेती हुनु, मलखादको पर्याप्त सुविधा हुनु, रोग नलाग्नुजस्ता कारणले धान उत्पादन बढेको हो उहाँले भन्नुभयो ।
कृषि विकास कार्यालयका अनुसार पाल्पामा उन्नत जातका सुख्खा–३, सुख्खा–६, सावित्री, रामधान, सावा मन्सुली, राधा–४, राम स्वर्णसव–१ र सावासव–१ जस्ता धान यहाँको विभिन्न खेतीयोग्य भू–भागमा खेती गरिन्छ ।  गतवर्ष र यो वर्ष पनि सोही क्षेत्रफल आठ हजार ६२० हेक्टर भू–भागमा धानखेती गरिएकोमा यो वर्ष बढेको हो ।
हाइब्रिड जातका धानमा यूएस–३१२, च्याम्पियन, गोरखनाथ, यूएस–३१२, एराइड–६४४४, खुमलटार, डिबाइजस्ता छन् ।  किसानले परम्परागतरूपमा स्थानीय अनदी, कालो झिनुवा, रातो झिनुवा, जर्नेली, बर्मेली, आमझोत्ते र गाहा जातका धानखेती गर्दै आएको बाली विकास अधिकृत हच्चमुल्लाह खाँले बताउनुभयो ।  पछिल्लो समयमा पाल्पाका विभिन्न खेतीयोग्य भू–भागमा स्थानीय जातको धानभन्दा उन्नत र हाइब्रिड जातको धान लगाउने क्रम तीव्र बनेकाले उत्पादनमा क्रमशः वृद्धि भएको उहाँले बताउनुभयो ।
हाइब्रिड र उन्नत जातको धानमा दाना पोटिलो र पुस्ट लाग्छ भने सिँचाइले सुविधा नपुगेको स्थानमा पनि धान उत्पादन हुन्छ ।  धान उत्पादन धेरै भएपछि पाल्पाको अधिकांश सुख्खा र वर्षात्को पानीमा धान खेतीमा निर्भर रहनुपर्ने खेतीयोग्य भू–भागका लागि पनि हाइब्रिड र उन्नत जातका धानखेती किसानको आकर्षणमा परेको कृषि  प्राविधिकहरू बताउँछन् ।
पाल्पाको माडी, रामपुर, अर्गली, हुँगी, कचल, झडेवा, सत्यवती, गल्धा, पूर्वखोला, रिङ्नेरहजस्ता फाँटमा अहिले उन्नत र हाइब्रिड जातका धान लगाउने क्रम बढेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।  धानखेती गर्ने क्षेत्रफल घटे पनि उन्नत जातका धानखेती लगाउने र कृषि प्रणालीमासमेत सुधार हुन थालेपछि धान उत्पादन पछिल्लो दशकमा क्रमशः वृद्धि हँुदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी, ३५ वर्षसम्म एउटै व्यक्ति महामन्त्री
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
सत्तारुढ दलकै सांसदले किन गणतन्त्र उल्टन सक्ने भने
वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास
वाम एकता बैंक मर्जरजस्तै: चुनावअघि यस्तो थियो तालमेल प्रयास
बारा–२ मा निरन्तर अग्रता बढाउँदै उपेन्द्र यादव, कसको मत कति ?
बारा–२ मा निरन्तर अग्रता बढाउँदै उपेन्द्र यादव, कसको मत कति ?
दुर्घटनामा परी सशस्त्र प्रहरीका हवल्दारको मृत्यु
यस्तो छ, ५ नम्बर प्रदेशको आर्थिक सामाजिक स्थितिपत्र
यस्तो छ, ५ नम्बर प्रदेशको आर्थिक सामाजिक स्थितिपत्र
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
पीपीएल क्रिकेटः भेट्ला विराटनगरले १ सय ९८ रनकाे विशाल लक्ष्य ?
खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू
खाेज तथा जिवन रूपान्तरणका लागि ३ दिने कार्यसाला सूरू
भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान
भारत र पाकिस्तान आमने सामने, दुवैले खसाले एकअर्काका लडाकू विमान

तपाईंले छुटाउनुभयो कि?