डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
डा. गोविन्द केसी १६ औं अनसनको तयारीमा

सारांश

  • काठमाडौं, १८ पुस ।
  • चिकित्सा शिक्षा सुधारका अभियान्ता डा.
  • गोविन्द केसीले आफ्नो १६ औँ अनसनको तयारी गरेका छन् ।

काठमाडौं, १८ पुस । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले आफ्नो १६ औँ अनसनको तयारी गरेका छन् । सरकारले आफुसँग गरेको सम्झौता पुरा नगरेको भन्दै डा. केसी अनसनका लागि इलाममा पुगेका हुन् ।

यसअघि १५ औं अनसन जुम्लाबाट सुरु गरेका डा. केसीलाई सरकारले अनसनकाबीचमा काठमाडौं ल्याएको थियो । १५ औं अनसनको २७ औं दिनमा सरकारले डा केसीसँग ९ बुँदे सहमति गरेको थियो ।

सरकारले केसीसँग चिकित्सा शिक्षा विधेयकमा गरेको सहमति अनुसारको विधेयक संघीय संसदमा दर्ता भएको छैन । डा केसीले आफूसँग गरेको सहमतिभन्दा फरक ढंगले विधेयक आउने देखिएपछि अनसन शुरु गर्न लागेको बताए । उनको अनसन बस्ने समय भने तय भएको छैन ।

यता संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले भने डा. केसीसंग भएको सम्झौता अनुसार नै विधेयकलाई संसदमा पेश गर्ने तयारी भएको जनाएको छ । केही बिषयमा मतभेद हुँदा हुदैपनि डा.केसीसँग भएको सम्झैता अनुसार विधेयक पेश गर्न लागीएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?