अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
सारांश
- युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष क.
- राजिब पहारीको नेतृत्वमा सिङ्गो टाेली केही दिन देखि सप्तरीका बाढीपीडितका घर घरमा पुगेको छ।
- युवा संघ नेपालले मृत्यकका प्रत्येक परिवारलाई नगद र जिन्सी प्रदान गरेको छ।
युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष क. राजिब पहारीको नेतृत्वमा सिङ्गो टाेली केही दिन देखि सप्तरीका बाढीपीडितका घर घरमा पुगेको छ। युवा संघ नेपालले मृत्यकका प्रत्येक परिवारलाई नगद र जिन्सी प्रदान गरेको छ।संघले बाढीका कारण मृत्युमा दुख व्यक्त गरेकोछ। परिवारजनमा उहाँ कै घरमा पुगेर समवेदना व्यक्त गरेकोछ। संघले सम्पुर्ण स्थानको स्थलगत अध्ययन गरेर प्रमुख जिल्ला अधिकारी ज्यु लगायत विभिन्न संघसस्थाका प्रमुखलाई भेटेकोछ।सप्तरीका बाढीपीडितलाई एकरुपताका आधारमा राहत वितरण गर्नुपर्ने , खोलाको कटानको दीर्घकालीन समाधान गरिनुपर्ने , भारतले एकपक्षीय ढङ्गले लगाएको बाध भत्काउने, जमीनको पुन– उत्पादन र किसानलाइ उचित क्षतिपूर्तिको ब्यबस्था गरिनुपर्ने लगायतका मागहरूको अबिलम्ब सम्बोधन गर्नुपर्ने संघ ले जोड दिएको छ।
युवा संघले भारतको हेपाहा प्रबृत्ति को अन्त्य हुनुपर्ने र परराष्ट नितिमा एकरूपता ल्याउनुपर्ने कुरामा पनि जोड दिएको छ।युवा संघ नेपाल जहिले पनि जनताको पक्ष र दुखमा साथ दिइरहेको संगठन हो ।जनतालाइ पिडा हुदा संघ सप्तरीका गाउँ गाउमाँ उद्वार र राहतमा लागेको सबैलाई अबगत नै छ। राजिब पहारीकै नेतृत्वमा मरेका जनावरको व्यवस्थापन , सरसफाइ , हैजाको संक्रमण हुन नदिनको लागि बढी प्रभावित क्षेत्र मा फिनेल छर्ने काम सम्पन्न भएको छ। आज सरकार पक्षीय भातृ संगठनका कहाँ छन ?तराईका पार्टी हरु कहाँ छन ? तराईलाई समस्या हुदा यी मैसमी पार्टी कहाँ छ्न? यिनीहरू जनतालाई दुख हुदा काठमाडौंमा भारत बाट निर्देशन संविधान संसोधन को विपक्षमा निर्णय आएपछि केही सिमित ब्यक्तिको इच्छामा एमाले र पुर्बप्रधानमन्त्री केपी शर्मा ओलीको बिरोध गरिरहेका छन ।
उद्वार र राहतमा तराईका मसिहा भन्ने पार्टीहरु तराईमा छैन ।यिनीहरू जनता भन्दापनी पद र कुर्सीको ध्यान मा बढी केन्द्रित भएको कुरा पनि यो बाढीको उद्वार को कार्यले प्रष्ट पार्छ।तराईका जनता जहिले पनि एमालेका पक्षमा रहेका छन ।तराईका जनता इमानदार र देशभक्त छन ।उहाँहरुको इमान्दारीताको फाइदा तराई केन्द्रित दलले लिइरहेका छन् ।यसको अन्त्य नभैकन तराईको विकास सम्भब छैन। तराईका इमानदार , सोझो जनतालाई सधैं सप्ताप्राप्तीको सिढी बनाएका छन यी तराई केन्द्रित दलहरूले । युवा संघ नेपाल सप्तरी मा बाढीले भत्काएका बाटोहरुलाइ संघकै अध्यक्ष राजिब पहारीकै नेतृत्वमा बनाइ राख्दा आफुलाइ तराईका ठेकेदार भनाउदाहरु कहाँ छन ।तराईलाई अफ्ठाराे हुदा राजेन्द्र महतो ,महन्त ठाकुर , लगायतका नेताहरू आज कहाँ छन ? आफू शक्ति र सरकामा आउन यिनीहरू सोझो तराइका जनताहरुको प्रयोग मात्र गरको कुरा तराई कै जनताहरु भनिरहेका छन ।तराईको विकास र समृद्धि भएमा तराई केन्द्रित दलको राजनीति समाप्त हुने डरले यिनीहरु तराई मधेसको विकास हुनदिदैनन ।युवा संघ नेपालका अध्यक्ष राजिब पहारीको नेतृत्वमा संघले आर्थिकका साथै श्रमदान दिएर बाढीले बिगारेका बाटो संघले बनाइराखेकोछ । उक्त टोलिमा संघ अध्यक्ष राजिब पहारी , नेकपा एमाले सप्तरी अध्यक्ष गोबिन्द नेउपाने , प्रदेश कमिटी सदस्य शैलेन्द्र झा,उपाध्यक्षहरु रमेशकुमार पौडेल , चन्द लामा , सचीवहरु मन्जु यादब ,राजेश साह ,स्थायी कमिटी सदस्य प्रभात बिक्रम कटबाल ,पार्टी सचीव शम्भु यादब , उप सचिब प्रताप नारायण चौधरी , युवा संघ नेपालका निरेशलाल शिह , सीता सुवेदी , अखलेश झा ,छाेटुलाल यादब , सन्तोष सिलवाल , ईश्वर थापा मगर लगायत धेरै युवाहरुले श्रमदान गर्नुभएकोछ। दुखको यस्तो अबस्थामा श्रमदान गर्नुहुने संघका अध्यक्ष , संघ का पदाधिकारीहरु ,पार्टी नेताहरु युवा कमरेड हरु लगायत गर्नुहुने सम्पुर्णमा अभार व्यक्त गर्छु। प्रभात बिक्रम कटबाल स्वयंसेवक सप्तरी ।
Bipin Sapkota
गल्लि तिर भुक्दै होलान नी कमरेड!!