नेपालमा प्रति घण्टा १० जना कोरोना संक्रमित थपिदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २०, २०७७
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • कोरोना संक्रमितको कुल संख्या सोमबार साँझसम्म १८११ पुगेको छ।
  • सोमबार २३९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

काठमाडौं । कोरोना संक्रमितको कुल संख्या सोमबार साँझसम्म १८११ पुगेको छ। सोमबार २३९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। संक्रमितको दैनिक संख्या यो अहिलेसम्मकै उच्च हो। २४ घन्टामा पुष्टि भएको संक्रमितको कुल संख्या हेर्दा कम्तीमा प्रत्येक घन्टामा दसजना संक्रमित भएको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। सोमबार साँझ मन्त्रालयले गराएको अपडेटको विवरण अनुसार नवलपरासीमा एक, पाल्पामा दुई, कपिलवस्तु ७, रुपन्देहीमा दुई र गुल्मी एक जनासमेत गरी १३ जनामा संक्रमण देखिएको हो।

यसअघि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार अपरान्ह थप २२६ जनामा कोरोना भाइस (कोभिड(१९) संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा डा. विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि बताएका थिए।

हालसम्म पीसीआर विधिबाट ७१ हजार ९०३ र आरडीटी विधिबाट १ लाख १३ हजार ७५७ नमूना परीक्षण भएका छन्। गत २४ घन्टामा पीसीआर विधिबाट २ हजार ३१० र आरडीटी विधिबाट २ हजार ६४८ थप नयाँ नमूना परीक्षण भएका हुन्।

प्रवक्ता देवकोटाका अनुसार संक्रमित हुनेमा १ हजार ६६७ पुरुष र १३१ महिला रहेका छन्। सोमबार थप एक जिल्लामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा कोरोना संक्रमण देखिएको हो। यो सहित ५९ जिल्लामा कोरोना संक्रमण फैलिसकेको प्रवक्ता देवकोटाले बताए।

डा. देवकोटाका अनुसार सातवटै प्रदेशमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये प्रदेश १ मा १६८ जना, प्रदेश २ मा ६९४ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा २६ जना, प्रदेशमा ५ मा ६२१ जना, कर्णाली प्रदेशमा १५८ र सुदूरपश्चिम प्रदेशमा ४५ जना गरी कुल १ हजार ७ सय ९८ जना कोरोना पुष्टि भएको हो। यस्तै आइसोलेसनमा १ हजार ५ सय ६९ जना रहेका छन् भने क्वारेन्टाइन बस्नेको संख्या १ लाख ३३ हजार ९७५ पुगेको छ।

सोमबार थप १ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोना जित्नेको संख्या २२१ पुगेको छ। डडेल्धुराका एकजना पुरुष डिस्चार्ज भएका छन्। उनी अस्पताल बसाइको दशौं दिनमा डिस्चार्ज भएका हुन्। कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु
कोरियाबाट रुपिसेन्ट रेमिट्यान्स कम्पनीको कारोबार सुरु
कर्मचारीका श्रीमान श्रीमतीलाई अब एकैठाउँ काम
कर्मचारीका श्रीमान श्रीमतीलाई अब एकैठाउँ काम
‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
‘वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ’
खेलाडी प्रतियोगिताबाट वञ्चित
खेलाडी प्रतियोगिताबाट वञ्चित
पारिवारीक झल्को दिनलाई रोट्याक्ट क्लव अफ लेखनाथ वृदवृद्धा सँगै  खाए दर
पारिवारीक झल्को दिनलाई रोट्याक्ट क्लव अफ लेखनाथ वृदवृद्धा सँगै खाए दर
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय
सिंहदरबारभित्र कोठा खोज्दै प्रधानमन्त्री कार्यालय
सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पुग्ने – प्रम ओली

तपाईंले छुटाउनुभयो कि?