कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
४३ पटक हेरिएको
Shares
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधारः जलेको छाला पनि राम्रो हुँदै

सारांश

  • काठमाडाैं।
  • नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ।
  • बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो ।

काठमाडाैं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ। बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए।

“डा भण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ”, डा भण्डारीका दाजु मीनप्रसादले भने। स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए।

सङ्क्रमण नियन्त्रण गर्न अस्पताल प्रशासनले आगन्तुकलाई कडाइका साथ निषेध गरेको छ। आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
रिटायर्ड लाइफ बिताउन जन्मथलो फर्किने पाइलट मल्लको योजना अधुरै
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
कांग्रेस सभापतिहरुको एकै स्वर : केन्द्रीय समितिको निर्णय पुनःविचार गर
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
यी हुन् यस हप्ताका १० ट्रेन्डिङ् भिडियाे !
आठ महिनासम्म पुग्ने खाद्यान्न सञ्चित, कालोबजारीमाथि कारवाही
आठ महिनासम्म पुग्ने खाद्यान्न सञ्चित, कालोबजारीमाथि कारवाही
प्रचण्ड पुगे नर्भिक
प्रचण्ड पुगे नर्भिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
रोजगारीका लागी श्रीमान भारत पुगेका श्रीमतीहरुको अनुरोध
रोजगारीका लागी श्रीमान भारत पुगेका श्रीमतीहरुको अनुरोध
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
गाँउमा खेल्न नपाएपछि जंगलमा जुवाको खाल, १ लाख रुपैयाँ बरामद
विवाद र चर्चाको शेयरबजार, वर्षभरीमा ३८ अर्ब ३३ करोड ७९ लाख गुम्यो
विवाद र चर्चाको शेयरबजार, वर्षभरीमा ३८ अर्ब ३३ करोड ७९ लाख गुम्यो
स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन
स्वस्थ जीवनशैलीका लागि गर्नुहाेस यी १२ याेगा अासन