दैलेख जीप दुर्घटना, चालकसहित ४ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दैलेख जीप दुर्घटना, चालकसहित ४ जनाको मृत्यु

सारांश

  • दैलेख ।
  • दैलेखको ठाँटिकाँध गाउँपालिकाको सुइयाँमा बुधबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
  • घटनामा जीप चालकसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।

दैलेख । दैलेखको ठाँटिकाँध गाउँपालिकाको सुइयाँमा बुधबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । घटनामा जीप चालकसहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुर पोखरेलले जानकारी दिए ।

प्रहरीका अनुसार मृत्यु हुनेहरुमा ठाँटिकाँध १ का ४५ वर्षीय राजेन्द्र शाही, ठाँटिकाँध ३ कै २४ वर्षीय निर्मल बम, ठाँटिकाँध २ का जीप चालक ३० वर्षीय रमेश शाही छन् ।

यस्तै घटनामा अन्य ४ जना पनि गम्भीर घाइते भएको डिएसपी पोखरेलले जानकारी दिए । घाइते हुनेहरुमा ठाँटिकाँध १ का २८ वर्षीय शम्शेर बम, ठाँटिकाँध ४ का ३६ वर्षीय दिलिप शाही, २८ वर्षीया मनिषा शाही, र ३० वर्षीय जुद्ध सुजी घाइते भएका छन् ।

सुर्खेतबाट ठाँटिकाँधका लागि छुटेको भे १ च २२०७ नम्बरको बलेरो जीप सुइयाँमा दुर्घटनाग्रस्त भएको थियो । जीप सडकबाट करिब ४० मिटर तल खसेको डिएसपी पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?