प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न एयर बस र नाइट भिजन हेलिकप्टर !!!

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्रीले तयार पारे घाइतेको उद्दार गर्न  एयर बस र नाइट भिजन हेलिकप्टर !!!

सारांश

  • आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ।
  • बारा र पर्सामा २५ जनाको मृत्यु र ४०० बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले माइक्रोब्लगिङ ट्विटरमा लेखेका छन्।
  • हाम्रा बारास्थित सम्वाददाता क्रान्ति शाह र पर्सास्थित सम्वाददाता दिवाकर भण्डारीले दुई जिल्लामा गरी हावाहुरीले २३ को ज्यान लिएको पछिल्लो जानकारी पठाएका छन्।

आइतबार साँझ आएको हावाहुरीबाट ठूलो जनधनको क्षति भएको छ। बारा र पर्सामा २५ जनाको मृत्यु र ४०० बढी घाइते भएको प्रधानमन्त्री केपी शर्मा ओलीले माइक्रोब्लगिङ ट्विटरमा लेखेका छन्।

हाम्रा बारास्थित सम्वाददाता क्रान्ति शाह र पर्सास्थित सम्वाददाता दिवाकर भण्डारीले दुई जिल्लामा गरी हावाहुरीले २३ को ज्यान लिएको पछिल्लो जानकारी पठाएका छन्। दर्जनौँ घाइतेको वीरगन्जका विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

बारामा मात्र २० जनाको मृत्यु भएको छ।

पर्साका प्रहरी निरीक्षक राजेश दत्तका अनुसार पर्सामा तीनजनाको मृत्यु भएको छ।

बाराको फेटा र पर्वानीपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। फेटा गाउँपालिका-१ र भर्वानीपुर गाउँपालिका-४ मा ठूलो क्षति भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।

केही मृतकका शव वीरगन्जका नारायणी, अस्पताल, मेडिकल कलेज र हेल्थ केयरमा राखिएको छ भने अन्य शवको अस्पताल लाने तयारी भइरहेको बाराका एसपी सानुराम भट्टराईले जानकारी दिए।

हावाहुरीले सडक छेउका रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ। घाइतेको उद्धारका लागि सडक पन्छाउने काम भइरहेको उनले बताए।

घटनास्थलबाट सयौंको संख्यामा घाइतेलाई उपचारका लागि वीरगन्जका विभिन्न अस्पतालमा पठाइएको बाराका एसपी भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।

प्रहरी निरीक्षक दत्तका अनुसार वीरगन्ज मेडिकल कलेजमा मात्र सय बढी घाइतेको उपचार भइरहेको छ। मेडिकल कलेजमा ल्याइएका सबै घाइते बाराको पर्वानीपुर गाउँपालिका-४ चैनपुरका हुन्।

साँझ हावाहुरीले सडकमा रोकिराखेका करिब २५ वटा बस र ट्रक पल्टाएपछि चैनपुरमा धेरै घाइते भएका हुन्। चैनपुरमा दर्जनौको संख्यामा घर भत्किएका छन्.।

उद्धार कार्य जारी रहेको र रातको समयमा विभिन्न जटिलता आइपरेकाले मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ।

प्रधानमन्त्रीद्वारा दुख व्यक्त

प्रधानमन्त्रीले बारा र पर्सामा गरी २५ को मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको जनाएका छन्। प्रधानमन्त्रीले ती जिल्लामा उद्दारका लागि सुरक्षाकर्मीहरू परिचालित भइसकेको जनाएका छन्। ‘उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको’ उनले ट्वीटमा जनाएका छन्।

‘हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारीमा आएको छ। मृत्युबरण गर्नेहरूप्रति शोकव्यक्त गर्दछु। र, शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’ प्रधानमन्त्रीले दोस्रो ट्विटमा लेखेका छन्।

प्रधानमन्त्रीको तेस्रो ट्‍विट : ‘नाइट भिजन हेलिकप्टरबाट तत्काल उद्दार’

प्रधानमन्त्रीले तेस्रो ट्विट गरी भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको जनाएका छन्। ‘मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा नाइट भिजन हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको’ प्रधानमन्त्रीले जनाएका छन्।

‘भोलि बिहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। मौसमले साथ दिएमा तत्काल उद्दार गर्न काठमाडौंको एयर बेसमा “नाईट भिजन” हेलिकप्टर तयारी अवस्थामा राखिएको छ। सुरक्षाकर्मीसंगै उद्दारमा संलग्न रहन म, सिंगो पार्टी पंक्तिलाई आह्वान गर्दछु’, प्रधानमन्त्रीले भनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?