सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २, २०७७
|
|
३२ पटक हेरिएको
Shares
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा

सारांश

  • नेपाल प्रहरीका आइजीपी ठाकुर प्रसाद ज्ञवाली यसै महिना सेवानिवृत्त हुँदैछन् ।
  • उनी घर जाँदै गर्दा धमाधम सरुवा र बढुवामा सक्रिय भएका छन् ।
  • देश कोरोना भाइरसको रोकथाममा केन्द्रित हुँदा आइजीपी ज्ञवालीले सरुवा बढुवामा चासो बढाएका छन् ।

नेपाल प्रहरीका आइजीपी ठाकुर प्रसाद ज्ञवाली यसै महिना सेवानिवृत्त हुँदैछन् । उनी घर जाँदै गर्दा धमाधम सरुवा र बढुवामा सक्रिय भएका छन् । देश कोरोना भाइरसको रोकथाममा केन्द्रित हुँदा आइजीपी ज्ञवालीले सरुवा बढुवामा चासो बढाएका छन् । उनले हिजो सोमबार ३६ एसपीको सरुवा निकाल्न लगाएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा अरुण पौडेल पठाइएका छन् । त्यहाँ रहेका बिनोद सिलवाल प्रदेश प्रहरी कार्यालय गण्डकी, पोखरामा सरुवा गरिएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहामा उमाशंकर पन्जियारलाई खटाइएको छ । बाँकेमा ओमबहादुर राना, धनकुटामा गोबिन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, कास्कीमा जीवनकुमार श्रेष्ठ, महोत्तरीमा टिकाबहादुर केसी, भक्तपुरमा तारादेवी थापा खटाइएका छन् ।

सरुवाको सूची

https://nepalpolice.gov.np/images/SP-Transfor-2077-03-01.pdf

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?