आज गाइजात्रा, यस्तो छ इतिहास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २०, २०७७
|
|
३४ पटक हेरिएको
Shares
आज गाइजात्रा, यस्तो छ इतिहास

सारांश

  • एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।
  • यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
  • राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको बताइन्छ ।

यसै बेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौँ उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाइन्छन् ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा र पोखरालगायत स्थानमा मनाइन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।

तर यो वर्ष कोरोना महामारीका कारण अघिल्ला वर्षहरुमा जस्तो गाइजात्राको रौनकता कम देखिने निश्चित छ । काठमाडौँ भित्र मनाइने धेरै चाडपर्व तथा जात्राहरु स्थगित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
प्रचण्ड र कमल थापाको टाउको दुखाउँदै बन्ला त प्रदेश ३ को स्थायी राजधानी भक्तपुर!
नाडा अटो शो काठमाडौंमा शुरु, अर्थमन्त्री भन्छन् – ऋण लिएर गाडी नचढ्नु
नाडा अटो शो काठमाडौंमा शुरु, अर्थमन्त्री भन्छन् – ऋण लिएर गाडी नचढ्नु
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे  माैसम !
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे माैसम !
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’
अबिवाहित नायीका केकी ले भनीन् ‘गर्भमा ५ महिनाकाे बच्चा बाेकेर हिंडिरहेकि छु’
एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा
एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा
भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
भोली ग्याल्बो ल्होसार, सरकारले दियो सार्वजनिक बिदा
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….
मैले अदालतको अवहेलना गरेको छैन: लोकमानसिंह कार्की….
चार लाख सहित तास खेलेका २० जना पक्राउ !
चार लाख सहित तास खेलेका २० जना पक्राउ !
आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
माधव कुमार नेपालको पैसा चोरी
माधव कुमार नेपालको पैसा चोरी

तपाईंले छुटाउनुभयो कि?