पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
पाँच महिनामा प्रचण्ड-अोलीको १७ भेट: एकताका लागि कति प्रगति ?

सारांश

  • काठमाडौं, माघ ८ ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको छ ।
  • व्यापक छलफलमा भएका सहमतिका आधारले एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको नेताहरूले बताएका छन् ।

काठमाडौं, माघ ८ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको छ । व्यापक छलफलमा भएका सहमतिका आधारले एकता प्रक्रिया निर्णायक विन्दुमा पुगेको नेताहरूले बताएका छन् । दुई दलका अध्यक्षबीच भएका भेटमा प्राविधिक कुरामा भएका सहमतिलाई अाज (आइतबार) बस्ने पार्टी एकता संयोजन समितिले मस्यौदा तयार पारेपछि एकता प्रक्रिया तीव्र गतिमा बढ्ने छ ।

अाजकाे जनता पोष्टमा खबर छ-एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठकले एकता संयोजन समितिको बैठक राखेर देखिएका अड्चन समाधान गर्न सहमति भएपछि निर्णायक विन्दूमा पुगेको स्राेतकाे दावी छ । ‘अध्यक्षहरूको छलफलले एकता प्रक्रिया अन्तिम विन्दूमा पुगेको छ । दुई पार्टीको विचार र संगठन व्यवस्थापनका लागि कार्यदल बनाएर त्यसले सहमति जुटाउने समझदारी भएकाे एमाले नेता विष्णु पौडेलले बताए ।

यसअघिका अधिकांश बैठक तथा छलफलले एकताका लागि सिद्धान्त, सांगठनिक संरचना, पदीय व्यवस्थापनलगायतका विषयमा ठोस सहमति जुटाउन नसकेका दुवै पक्ष पछिल्ला केही दिनयता एकताका विभिन्न आधारमा नजीक देखिएका छन् । तर, एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषय अहिलेसम्म टुंगो लागेको छैन ।

‘नेतृत्व कस्तो र कति संख्याको बनाउने, गाउँ–नगर, प्रदेश कमिटीहरूको समायोजन कसरी गर्ने र सरकार गठनमा कसरी कार्यविभाजन गर्ने भन्ने प्रश्नमा कार्यदलले सहमति जुटाउँछ,’ पौडेलले भने ।

ओली र प्रचण्डलाई पार्टीको नेतृत्वमा शीर्ष नेतृत्व कायम गर्ने वा एमालेको हालको पदाधिकारीलाई यथावत राखेर माओवादीबाट केही शीर्षनेताहरू थप्ने भन्ने विकल्पमा पनि नेताहरू परामर्शमा छन् । एमालेको वर्तमान केन्द्रीय कमिटीको संख्यालाई ६० प्रतिशत आधार बनाएर माओवादीबाट ४० प्रतिशत थपेर महाधिवेशन आयोजक कमिटी बनाउने भन्ने विकल्पमा पनि छलफल भइरहेको नेताहरूले बताए । आइतबार एकता संयोजन समितिको बैठकले यस विषयमा निर्णय लिनेछ ।

ओलीसँगकोे छलफलबाट पार्टी एकताको ठोस एजेन्डालाई अन्तिमरूप दिनेगरी आवश्यक तयारी गरिएको माओवादी अध्यक्ष प्रचण्डले बताए । शनिबार ओलीसँगको भेटपछि संवाददातालाई दिएको छोटो प्रतिक्रियामा प्रचण्डले भने,‘संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’

आइतबार बस्ने एकता संयोजन समितिको बैठकमा प्र्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक प्रतिवेदन बुझाउनेछ । कार्यदलले राष्ट्रियसभामा ४३ सिटमा उम्मेदवारी दिने र जसमा २९ एमाले र १४ माओवादी केन्द्रले पाउने समझदारी भइसकेको छ । माओबादीले प्रदेश ६ र७ मा गरी २ मुख्य मन्त्री र अरू ४ वटा प्रदेशमा सभामुख मागे पनि मुख्यमन्त्री र सभामुखबारे भने सहमति आइतबारै जुट्ने बताइएको छ ।

ओली–प्रचण्डका १७ भेट
-१७ असोज, राष्ट्रियसभा गृहमा बाम एकता तथा पार्टी एकता गर्ने घोषणा

-८ कात्र्तिक, बालकोटमा चुनावी कमाण्डर तोक्नेबारे

-९ कत्र्तिक, बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्दै चुनाव समयमै गर्न दबाब

-११ कात्र्तिक, बालकोटमा गठबन्धनलाई जिताउन संयुक्त वक्तव्य

-२९ कात्र्तिक, गोरखामा नारायणकाजी श्रेष्ठको चुनावी सभामा

-३० कात्र्तिक, चितवनमा भरतपुर प्रचण्डको चुनावी सभामा

-२ मंसिर, झापामा दमकको ओलीको चुनावी सभामा

-३ मंसिर, झापा बिर्तामोडमा प्रचण्डपुत्र प्रकाशको निधनपछि

-४ मंसिर, लाजिम्पाटमा प्रचण्ड पुत्रशोकमा रहँदा देउवासँगै

-२९ मंसिर, बालकोटमा राष्ट्रियसभा गठनबारे

-२ पुस, बानेश्वरमा संयुक्त पत्रकार सम्मेलन गर्दै देउवाको राजिनामा माग

-१२ पुस, बालकोटमा राष्ट्रिय सभा गठन अध्यादेशबारे

-२३ पुस, बालकोटमा एकता संयोजन समितिको बैठक बस्ने तय

-२४ पुस, बालकोटमा कार्यदल गठन

-२६ पुस, बालकोटमा कार्यदललार्ई निर्देशन

-५ माघ, बालकोटमा कार्यदलको प्रतिवेदनमाथि छलफल

-६ माघ, बालकोटमा एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदबारभित्रै मर्ने पीडित कर्मचारीहरुको चेतावनी
सिंहदबारभित्रै मर्ने पीडित कर्मचारीहरुको चेतावनी
रास्वपा र राजदूत सोङबीच भेट
रास्वपा र राजदूत सोङबीच भेट
सर्वसाधारणका लागि पौडी पोखरी खुला
सर्वसाधारणका लागि पौडी पोखरी खुला
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
भारतीय राजदूत पुरीलाई होटलको गेटमा कस्ले गर्यो हमला
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग  सुरु भएको संकेत,..
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग सुरु भएको संकेत,..
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?

तपाईंले छुटाउनुभयो कि?