नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ
सारांश
- काठमाडौँ, १५ भदौ नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने भक्तपुर बोडे बस्ने रामेछाप जिल्ला रामेछाप नगरपालिका–९ घर भएका मोहन कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
- तामाङले अपरिचित व्यक्तिहरुलाई नक्कली सुनको बिस्कुटलाई सक्कली सुन हो भनी रुमालमा पोको पारी पीडितलाई देखाई यो सुन बिक्री गरेमा दुबैलाई फाईदा हुन्छ, साथमा भएको नगद तथा सुन दिए हुन्छ भनी ठगी गरेको खुल्न आएको छ ।
- महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले तामाङलाई मंगलबार ठगी गर्ने योजना बनाउदै गरेको अवस्थामा बाँसबारी गंगालाल अस्पताल अगाडिबाट ठगी गर्न प्रयोग गर्ने सुनको बिस्कुट जस्तो देखिने पहेलो धातुको टुक्रा सहित पक्राउ गरेको हो ।
काठमाडौँ, १५ भदौ
नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने भक्तपुर बोडे बस्ने रामेछाप जिल्ला रामेछाप नगरपालिका–९ घर भएका मोहन कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
तामाङले अपरिचित व्यक्तिहरुलाई नक्कली सुनको बिस्कुटलाई सक्कली सुन हो भनी रुमालमा पोको पारी पीडितलाई देखाई यो सुन बिक्री गरेमा दुबैलाई फाईदा हुन्छ, साथमा भएको नगद तथा सुन दिए हुन्छ भनी ठगी गरेको खुल्न आएको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले तामाङलाई मंगलबार ठगी गर्ने योजना बनाउदै गरेको अवस्थामा बाँसबारी गंगालाल अस्पताल अगाडिबाट ठगी गर्न प्रयोग गर्ने सुनको बिस्कुट जस्तो देखिने पहेलो धातुको टुक्रा सहित पक्राउ गरेको हो ।
तामाङलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।
प्रतिक्रिया