ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २४, २०७७
|
|
४२ पटक हेरिएको
Shares
ओलीले अध्यक्ष छाड्ने, प्रधानमन्त्रीमा प्रचण्डको साथ !

सारांश

  • काठमाडौं, २४ असार ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्वाद जारी छ ।
  • अध्यक्षद्धयबीच सहमति खोज्ने उद्देश्यले स्थायी कमिटीको बैठक तीन पटकसम्म स्थगित् गरिएको छ ।

काठमाडौं, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सम्वाद जारी छ । अध्यक्षद्धयबीच सहमति खोज्ने उद्देश्यले स्थायी कमिटीको बैठक तीन पटकसम्म स्थगित् गरिएको छ । अर्को बैठक असार २६ गते बस्ने तय भएको छ । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठकको पहिलो दिनमै नेताहरुले केपी शर्मा ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

तर, ओलीले आफूले कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन् । नेकपाभित्रको विवाद मिल्नै नसक्नेगरि गिजोलिएको टिप्पणी भैरहँदा अध्यक्षद्धय ओली र दाहालबीच भने रहस्यमयी साँठगाँठ सुरु भएको छ । उनीहरुबीचको एक्लाएक्लै भेटवार्तामा ओलीले सरकारको नेतृत्व गर्ने र दाहालले पार्टीको नेतृत्व गर्नेगरि ‘एक व्यक्ति, एक पद’मै जाने सहमति भएको स्रोतको दाबी छ । नेकपामा पछिल्लो समय ‘एक व्यक्ति, एक पद’को माग जोडदार रुपमा उठिरहेको छ । यो माग विशेषगरि बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले कडा रुपमा उठाएको छ ।

तर, ओली पक्षले एकता महाधिवेशन सम्पन्न नभएसम्म कुनैपनि हालतमा ‘एक व्यक्ति, एक पद’मा जान नसकिने अडान लिँदै आएको थियो । दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमै ओलीको राजीनामा मागिसकेका छन् । र, उनीहरु स्थायी कमिटीको बैठकमै ओलीलाई दुवै पदबाट हटाउनेगरि निर्णय गर्ने तयारीमा छन् । दाहाल–नेपाल समूहको रणनीति बुझेका ओलीले पछिल्ला दिन स्थायी कमिटीको बैठक नै बहिष्कार गरिदिए । उनले पार्टीमा र सभामुखसँगपनि सामान्य परामर्श नगरी संसदको बजेट अधिवेशन अन्त्य गरिदिएका छन् ।

ओलीले नेपाल समूहसँगभन्दापनि दाहालसँगमात्रै एक्लाएक्लै भेटवार्तालाई तिव्रता दिएका छन् । दाहालले सरकारको नेतृत्व आलोपालो गर्नेगरि यसअघि भएको सहमति कार्यान्वयनमा जोड दिँदै आएका छन् । तर, ओलीले भने जेठमा भएको सहमतिभन्दापनि त्यसपछि मंसिरमा गरिएको सहमतिलाई आधार बनाएर अघि बढ्नुपर्ने अडान लिएका छन् । दाहाल–नेपाल समूह ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उपयुक्त मौका नै यही हो भनेर लागेको छ । नेता नेपालले प्रधानमन्त्रीबाट ओलीलाई हटाउनुपर्ने बटमलाईन लिएको छ ।

यसअघि दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने अडान लिएको नेपाल समूह अन्तिममा दुई पदमध्ये एकबाट भएपनि हटाउनुपर्ने र विशेषगरि प्रधानमन्त्रीबाटै ओलीलाई हटाउनुपर्ने लाईनमा छ । यसको लागि नेता नेपालले प्रचण्डलाई अबको प्रधानमन्त्रीको रुपमा अघि सारेका छन् । दाहालले पनि पछिल्ला दिनमा छलफल यही विषयलाई केन्द्रमा राखेर अघि बढाईरहेको स्रोतको दाबी छ ।

नेकपानिकट स्रोतकाअनुसार यदि ओलीले प्रधानमन्त्री कुनैपनि हालतमा नछाड्ने अडान लिईरहने दाहालले अध्यक्षमा आफूमात्रै रहने शर्तमा सहमति गर्न सक्छन् । आजपनि उनीहरुबीच छलफल हुँदैछ । आज र भोलिभित्र सहमति नभए दाहाल–समूह अब बैठकबाटै वारपार गर्ने अर्थात निर्णय गरेर अघि बढ्ने तयारीमा छन् ।

(https://www.echelon.health)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
नवजात शिशुसहित सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
त्रिभुवन विमानस्थलबाट बरामद सुनको तौल जम्मा जम्मा ६० किलो ७८९ ग्राम मात्र
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
डडेल्धुराको विकास देखेर चिन्ता लाग्छ- ओली
डडेल्धुराको विकास देखेर चिन्ता लाग्छ- ओली
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
कांग्रेस ठिटालाई ईट्टा र बिटा लिएर चुनाबमा अाउदैछ:पुर्बमन्त्रि बस्नेत
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !
टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला
टेस्ट क्रिकेटः न्यूजील्यान्डलाई शृंखला
सामूहिक खेतीबाट पर्यटन प्रवद्र्धन !
सामूहिक खेतीबाट पर्यटन प्रवद्र्धन !
“American support crucial for Nepal Army’s capacity enhancement”: DPM Pokharel
“American support crucial for Nepal Army’s capacity enhancement”: DPM Pokharel

तपाईंले छुटाउनुभयो कि?