डडेल्धुराको विकास देखेर चिन्ता लाग्छ- ओली
सारांश
- काठमाडौं, १४ मंसिर।
- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लोकतन्त्रलाइ बलियो हुन नदिन र परिवर्तन नचाहाने शक्तिहरु सक्रिय हुन थालेकाले त्यो बिरुद्ध लडाइ लड्ने बेला आएको बताएका छन्।
- उनले आफूहरुको त्यो लडाइ भनेको यो निर्वाचन भएको बताए।
काठमाडौं, १४ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लोकतन्त्रलाइ बलियो हुन नदिन र परिवर्तन नचाहाने शक्तिहरु सक्रिय हुन थालेकाले त्यो बिरुद्ध लडाइ लड्ने बेला आएको बताएका छन्। उनले आफूहरुको त्यो लडाइ भनेको यो निर्वाचन भएको बताए। ‘यो निर्वाचन परिवर्तन चाहाने र मूलकलाइ यथास्थितिमा राख्नेबीचको प्रतिस्पर्धा हो,’ उनले भने।
झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका ओलीले गृहनगर झापाको दमकमा महिला संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
आफूहरुले अधिनायकबादी सोच नराखेर मूलकको सम्बृद्धि र जनताको चाहाना अनुसारको स्थायि सरकार निर्माण गर्ने उदेश्यले बाम गठबन्धन गरेको ओलीको भनाइ थियो ।
अहिले बाम गठबन्धन बिरुद्ध बिभिन्न भ्रमहरु छर्ने काम भइरहेको भन्दै ओलीले निर्वाचनपछि कम्यूनिष्टहरुले सरकार चलाउने भएर अहिले काँग्रेस डराएको आरोप लगाए। उनले निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वको सरकार बिस्थापित गरेर अब कम्यूनिष्टहरुले नै सरकार चलाउने स्पष्ट पारे।
उनले भने, ‘काँग्रेसले सरकार चलाउदा अधिनायकबाद नहुने हामीले जनताको अभिमत लिएर सरकार चलाउदा त्यो अधिनायकवाद हुने हास्यस्पद छ ।’
आफू डडेल्धुरा जाँदा त्यहाँको बिकासको अवस्था देख्दा धेरै चिन्ता लागेको भन्दै ओलीले देउवाले यहाँको विकास हेरेर सिक्नु पर्ने भन्दै आलोचना गरे।
Kumar Rawal
Tero vasan sunera malai chinta lagxa
Hikmat Shahi
Chunab najik aauda ta chinta lagihalxa neta jew
Hari Hancy Hero Hero
chora afula chi k garako x ra arkako kuro garx.lajalagadin
Raz Birjung Rana
झापाका बाडी पिडीत देखदा झन महा चिन्ता लाग्छ मलाइ???
Prakash Subedi
Payola jhapa Kati bikash gareu kp
Raz Birjung Rana
यत्रो दिन चिन्तै लागेन? अहिले चिन्ता लाग्यो? हगी सक्यो दैलो देखो भनेको यही हो? चुनाव आउछ चिन्ता लाग्छ। चुनाव सकिन्छ अनी बिर्सिने हो है?त्यस पछी त हामीलाइ चिन्ता लाग्छ कस्तो मान्छेलाइ छानेछौ भनेर ? चिन्ता नै चिन्ता मा चिता मा जाने सरीर हो धेरै चिन्ता नी न गर्नु बाजे… सुम्पीदिनु यसलाइ तपाइको चिन्ता ? यसले निकास दिन्छ सुद्ध हावा त दिन्छ बरु?
Khadka Thapa Dang
चीन्ता लाग्ने भय्त मत मर्थ्येहोला!
Raju Sth
झापा मा हेर्ने आँखा कहाँ गय छ के गरेको छ झापा मा
Indra Bhandari
ए नालायक झापाका जनतालाइ पनि सोध्ने हो कि कति बिकास भएको छ ???
Bhanu Kiran Dhungana
Bichara pagal kun din jungle pasne ho
Sagar Babu Niroula
Jhapa ma ni khassai kei xaina ho neta jiii
Pandey Pradip
पहीला आफूले जितेर आएको ठाउंको जनतालाई कति न्याय गरें भनेर मनन गर्ने की यो अरुलाई खिल्ली उडाउनु भन्दा पहीले,,,? टुक्काले संसार चल्दैन अब!!!