रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ८, २०८१
|
|
३१ पटक हेरिएको
Shares
रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई  दिएको छ।
  •  केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई  दिएको छ। केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो।

सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो। उक्त बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कारबाही अघि बढाउन अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

सरकारी वकिल कार्यालय, कास्कीले रवि माथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ। जसका कारण उनी अझै हिरासत मुक्त हुने वा नहुने टुंगो नभए पछि अर्यालले सो जिम्मेवारी पाएका हुन्। आजबाट जिल्ला अदालत कास्कीमा लामिछानेको बयान सुरु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?