गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठनमा , स्थगित भयो कार्यक्रम !

सारांश

  • काठमाडौं, २६ वैशाख ।
  • नेपाली कांग्रेसमा देखिएको चरम विवाद नेपाल विद्यार्थी संघमा पनि सरेको छ।
  • गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठन नेविसंघमा लागेको हो ।

काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसमा देखिएको चरम विवाद नेपाल विद्यार्थी संघमा पनि सरेको छ।

गुटगत विवादले थलिएको माउ पार्टीको रोग भ्रातृसंगठन नेविसंघमा लागेको हो । नेविसंघभित्रको यही आन्तरिक विवादकै कारण बुधबार आयोजना गरिएको कार्यक्रम हुनै सकेन । बीपी कोइराला संग्रहालय सुन्दरीजलमा नेपाल विद्यार्थी संघको प्रशिक्षण कार्यक्रममा सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम तय भएपनि नेविसंघको संस्थापन र अर्को पक्षको विवादका कारण तय गरिएको कार्यक्रम त्यत्तिकै स्थगित गर्नुपर्‍यो ।

संस्थापन तर महासचिव कुन्दनराज काफ्ले समूहले पनि सुन्दरीजलमा समानान्तर कार्यक्रम राखेपछि दुई गुटबीच विवाद बढ्दा कार्यक्रम नै रोक्नुपरेको हो । संस्थापन पक्षका अध्यक्ष नैनसिंह महर र महासचिव काफ्लेले एकै स्थानमा छुट्टाछुट्टै मञ्च बनाएर कार्यक्रम गर्ने तय गरेपछि विवाद उत्कर्षमा पुगेको हो । कार्यक्रमस्थलमा झडप हुने सम्भावना बढेपछि सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो ।

प्रशिक्षणका लागि विभिन्न जिल्लाबाट आएका विद्यार्थीको भीड बढे पनि नेता भने उपस्थित भएनन् ।विवाद मिलाउन कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवासमा दुवै समूहका विद्यार्थीलाई बोलाएर छलफल गरे पनि कार्यक्रम कहिले गर्ने तय हुन सकेको छैन । संस्थापन समूहले अध्यक्ष नैनसिंह महरले विधान मिचेर एकलौटी अघि बढेको आरोप लगाएको छ ।

यता, बीपी संग्रहालयले भने संग्रहालयभित्र दुवै कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?