नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ७, २०७७
|
|
३४ पटक हेरिएको
Shares
नेपाली बजारमा आइफोन एसई २०२० को मूल्य

सारांश

  • काठमाडौं, साउन ७ ।
  • नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले नयाँ आइफोन बजारमा ल्याएको छ ।
  • कम्पनीले ६४ जिबी, १२८ जिबी र २५६ जिबीमा आइफोन एसई बजारमा ल्याएको हो ।

काठमाडौं, साउन ७ । नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले नयाँ आइफोन बजारमा ल्याएको छ । कम्पनीले ६४ जिबी, १२८ जिबी र २५६ जिबीमा आइफोन एसई बजारमा ल्याएको हो ।

आइफोन तथा म्याकबुक्स, आइप्याड, आइम्याकको वितरक जेनेरेसन नेक्स्टले आइफोन एसई सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कालो, सेतो र रातो रङमा उपलब्ध आइफोनको मूल्य ६४ जिबीको ७० हजार, १२८ जिबीको ७५ हजार र २५६ जिबीको ९६ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

एप्पल उत्पादन आधिकारिक च्यानलबाट मात्र खरिद गर्न, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरूमा १ वर्षको वारेन्टीका लागि कम्पनीले अनुरोध गरेको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?