किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३, २०८१
|
|
५६ पटक हेरिएको
Shares
किरीबाससँग कूटनीतिक सम्बन्ध स्थापना

सारांश

  • काठमाडौं।
  • प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ।
  • यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या एक सय ८३ पुगेको छ।

काठमाडौं। प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ। यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या एक सय ८३ पुगेको छ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त समझदारीपत्रमा आज उक्त नियोगमा आयोजित एक संक्षिप्त कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र उक्त विश्व संस्थाका लागि किरीबासका स्थायी प्रतिनिधि टेबुरोरो टिटोले हस्ताक्षर गरे।

साथै दुवै देशका राजदूतले नेपाल र किरीबासबीच कूटनीतिक सम्बन्ध कायम भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी दिने पत्रमा पनि हस्ताक्षर गरे। त्यस अवसरमा दुवै मुलुकका स्थायी प्रतिनिधिले अल्पविकसित मुुलुकका विकासका विषय, संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चमा पारस्परिक लाभका क्षेत्रमा साझेदारी गर्दै आपसी हित र साझा चासोका विविध विषयमा विचार आदानप्रदान गरेको उक्त नियोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बेलायतको उपनिवेशबाट १२ जुलाई १९७९ मा स्वतन्त्र भएको किरीबासको जनसंख्याएक लाख २० हजार छ भने यो टापु राष्ट्र १४ सेप्टेम्बर १९९९ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको हो। नेपाल र किरीबास जि–७७ र चीन तथा अल्पविकसित राष्ट्रहरूको समूहका सदस्य हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली-प्रचण्ड भेट, मन्त्रिमण्डल पुर्नगठनबारे छलफल
बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
बागमती प्रदेशको बजेट सन्तुलित भएन : एमाले
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
रोटरी क्लवद्धारा विद्यार्थीहरुको लागी सामाग्रि वितरण
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
कमेडी किरो राष्ट्रको हिरो’ लोगो तथा प्रोमो सार्वजनिक
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो
दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
घोराहीमा एक हप्तामा ठेला व्यवस्थापन हुने, निर्णय कार्यान्वय गर्न समिति
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका