प्रहरीमा भर्ती हुन भर्जि्निटी जाँचपास हुनैपर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
प्रहरीमा भर्ती हुन भर्जि्निटी जाँचपास हुनैपर्ने

सारांश

  • विश्वमा आ(आफ्नो देशको फरक फरक नियम कानुन छ ।
  • सुन्दा पनि आश्र्चर्य लाग्छ, कुनै देशमा यस्तो प्रचलन छ, महिलाहरु प्रहरीमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्वको जाँचपास हुनैपर्छ ।
  • यो नियम नभएपनि प्रचलनका रुपमा रहिआएको छ ।

विश्वमा आ(आफ्नो देशको फरक फरक नियम कानुन छ । सुन्दा पनि आश्र्चर्य लाग्छ, कुनै देशमा यस्तो प्रचलन छ, महिलाहरु प्रहरीमा भर्ती हुनका लागि महिलाहरुको कुमारित्वको जाँचपास हुनैपर्छ । यो नियम नभएपनि प्रचलनका रुपमा रहिआएको छ ।

इन्डोनेशियामा महिला प्रहरी भर्ती गर्दा सेवा प्रवेशमा लिखित रुपमा यो नियम नभएपनि चलिआएको छ । शारीरिक स्वास्थ्य परीक्षणका नाममा महिलाको कुमारित्व परीक्षण गरिन्छ । परीक्षणका लागि गुप्तांगमा दुईवटा औंला राखेर चेकजाँच गरिन्छ । यस्तो परीक्षण मान्न महिलाहरु बाध्य भएका छन् ।

प्रहरीमा भर्ना हुनको लागि सबै महिलाले अनिवार्य कुमारित्व जाँच गराउनुपर्ने नियम छ । यस्को जाँच अनिवार्य गरेपछि मात्र प्रहरीको भर्नाको लागी योग्य हुने मानिन्छ ।

यसरी चेकजाँच गराउनुको उद्देश्य प्रहरीमा भर्ती हुने महिला सक्रिय यौनजीवनमा नरहेको र यौन व्यवसायी नपरुन् भन्नेका लागि हो । यस्तो गतिविधिको मानवअधिकारवादी संघसंस्थाले भने विरोध गर्दै आएका छन् ।

इन्डोनेशियामा महिला प्रहरी भर्नाको लागी विशेष समिति बनाएको हुन्छ । यो विशेष समितिमा सबै जना पुरुषहरु छन् । यो समितिले सबैभन्दा पहिला राम्रा महिलाहरुको छनौट गरिन्छ । छानिएका महिलाहरुको कुमारित्वको जाँच गरिन्छ ।

२०१४ मा विश्व स्वास्थ्य संगठनले महिला प्रहरीको लागि एक विशेष प्रकारको गाइडलाइन जारी गरेपनि इन्डोनेशियन सरकारले यो नियम हटाउन सकेको छैन ।(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?