जहाज उड्ने बेलामा मन्त्री यादवको पासपोर्ट हराएपछि …

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
५८ पटक हेरिएको
Shares

सारांश

  • शिखरन्युज, काठमाडौं ।
  • उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव शक्तिको भरमा बैंकक उडान भरेका छन् ।
  • मंगलबार काठमाडौंबाट बैंककका लागि जहाज उड्न तयार थियो ।

शिखरन्युज, काठमाडौं । उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव शक्तिको भरमा बैंकक उडान भरेका छन् । मंगलबार काठमाडौंबाट बैंककका लागि जहाज उड्न तयार थियो । मन्त्री यादव भने जहाज उड्नुभन्दा १० मिनेट अघिमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

मन्त्री यादव बैंकक जाने भनेपछि एअरपोर्ट हिड्ने बेलामा घरमा राहदानी खोज्न थालेका थिए । राहदानी घरमा नभेटिएपछि तुरुन्तै नयाँ पासपोर्ट बनाएर एअरपोर्ट पुग्दा ढिलो भैसकेको स्रोतले जनाएको छ । तुरुन्तै नयाँ पासपोर्ट बनाएर एअरपोर्ट पुग्दा प्लेन उड्ने तयारी भैसकेको थियो ।

हतारहतार राहदानी विभाग पुगेर विशेषाधिकार प्रयोग गरी रातो पासपोर्ट बनेको थियो । एअरपोर्ट पुगेर मन्त्री यादवले जसरी पनि जानुपर्ने अडानपछि ढोका बन्द गरी उड्न लागेको जहाजको ढोका र भर्याङ खोलेर चढाइएको थियो ।

हस्तलिखित बोर्डिङ पास दिएर मन्त्रीलाई चढाउन जहाजको ढोका खोल्न लगाइएको थियो । मन्त्रीका कारण प्लेन चढेर सिटमा बसेका यात्रुहरुले पौने घण्टा जति रोकिनु परेको एक यात्रुले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा
सीता दाहाल : चितवनकी छोरी, बुहारी र आमा
पत्रकार नै नक्कली धन्दामाः  यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
पत्रकार नै नक्कली धन्दामाः यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
मनाेरञ्जन समाचार : पुलावामा हमलापछि रियालिटी शो मा गए एक कश्मिरी व्यक्तिले डरको कारण उठाए यो कदम
एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !
एसिया कप छनाेटः सम्हालिँदै नेपाल, अावश्यक रन रेट ७ माथि !
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार
सुनको मुल्य ८ सय ले बढ्यो, तोलामा ९५ हजारमा कारोवार
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
व्यापारीले दबाब दिएपछि मन्त्री मातृका यादवले बजार अनुगमन रोक्न लगाए
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
भरतपुर महानगरको अपडेटः रेणुले यसरी दिन थालिन् टक्कर
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
मकवानपुरमा रु दुई अर्ब राजश्व असुली
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपिएफ लाइ
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि एपिएफ लाइ