‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगा कलाकार
सारांश
- काठमाडौं, साउन २९ ।
- ड्वेन जोनसन अर्थात् ‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगो पुरुष कलाकारको सूचीमा कायम रहेका छन्।
- गत वर्ष पनि उनी कमाइका हिसाबले महँगो कलाकारको पहिलो स्थानमै थिए।
काठमाडौं, साउन २९ । ड्वेन जोनसन अर्थात् ‘द रक’ यस वर्ष पनि सबैभन्दा महँगो पुरुष कलाकारको सूचीमा कायम रहेका छन्। गत वर्ष पनि उनी कमाइका हिसाबले महँगो कलाकारको पहिलो स्थानमै थिए।
विश्वका धनीहरुको नाम सार्वजनिक गर्ने फोब्र्स म्यागजिनका अनुसार रेस्लिङका वादशाह जोनसनले सन् २०१९ को जुनदेखि सन् २०२० को जुनसम्म मात्रै ८७.५ मिलियन डलर कमाएको उल्लेख गरेको छ ।
जोनसनले नेट्फ्लिक्स थ्रिलर ‘रेड नोटिस’बाट मात्र २३.५ मिलियन डलर कमाएका छन् भने उनको लुगाको व्यवसाय ‘प्रोजेक्ट रक’ पनि आयस्रोतको स्रोत रहेको उल्लेख छ।
बीबीसीका अनुसार सर्वाधिक कमाउने टप टेन कलाकारको कुल आय ५४५.५ मिलियन डलर छ। त्यसमध्ये एक चौथाइ नेट्फ्लिक्सबाट भएको आम्दानी हो।एजेन्सी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया