मोबाइल एप्स ट्याक्सीमाण्डु सार्वजनिक, अब घरबाटै ट्याक्सी बुक गर्न पाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
३४ पटक हेरिएको
Shares
मोबाइल एप्स ट्याक्सीमाण्डु सार्वजनिक, अब घरबाटै ट्याक्सी बुक गर्न पाइने

सारांश

  • एप्सको माध्यमबाट यात्रुले आफ्नो आवश्यकता अनुसार आफु बसेकै स्थानमा ट्याक्सी बोलाउने सुविधा भएको मोबाइल एप्स ट्याक्सीमाण्डु सुचारु भएको छ ।
  • विहिबार काठमाडौँको मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा एक कार्यक्रम गर्दै ट्याक्सीमाण्डु एप्स शुभारम्भ गरिएको छ ।
  • एप्सको प्रयोगबाट ट्याक्सी चालकहरुले चोकचोकमा बसेर वा ट्याक्सी लिएर यात्रु खोज्दै हिड्ने झण्झटबाट मुक्ति पाउने ट्याक्सीमाण्डु प्रा.

एप्सको माध्यमबाट यात्रुले आफ्नो आवश्यकता अनुसार आफु बसेकै स्थानमा ट्याक्सी बोलाउने सुविधा भएको मोबाइल एप्स ट्याक्सीमाण्डु सुचारु भएको छ । विहिबार काठमाडौँको मित्रपार्कस्थित गोल्डेन लाइट पार्टी प्यालेसमा एक कार्यक्रम गर्दै ट्याक्सीमाण्डु एप्स शुभारम्भ गरिएको छ ।

एप्सको प्रयोगबाट ट्याक्सी चालकहरुले चोकचोकमा बसेर वा ट्याक्सी लिएर यात्रु खोज्दै हिड्ने झण्झटबाट मुक्ति पाउने ट्याक्सीमाण्डु प्रा.लि.का प्रवन्ध निर्देशक अर्जुन केसीले बताए । ट्याक्सी बुक गरेर आफु रहेकै स्थानमा बोलाउन पाइने सुविधाका कारण यातायात व्यवस्था विभागले तोकेको शुल्कभन्दा करिब १० प्रतिशत जति अतिरिक्त सेवा शुल्क लाग्ने प्रवन्ध निर्देशक केसीको भनाई छ ।

ट्याक्सीमाण्डुमा आवद्ध ट्याक्सी चालकहरुलाई बढिभन्दा बढि यात्रु उपलव्ध गराउने विषयमा आफुहरु लागि पर्ने ट्याक्सीमाण्डुकी प्रमुख कार्यकारी अधिकृत स्वीटी खत्रीले बताइन् । यात्रु र चालकको सुरक्षालाई मध्यनजर गर्दै चालक दर्ता प्रक्रिया नागरिकता, लाइसेन्स, ट्याक्सी नंवर, बिल बुक लगायतका डकुमेन्ट अनिबार्य गरिएको प्रमुख कार्यकारी अधिकृत खत्रीले जनाइन् ।

टयाक्सी चालक र यात्रुका लागि अलग अलग एप रहेको छ । चालक वा यात्रुले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरबाट ट्याक्सीमाण्डु एप डाउनलोड गर्न सक्नेछन् । चालकले ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर एप डाउनलोड गरी यो एपको सुविधा लिने सुविधा रहेको छ ।

ट्याक्सीमाण्डुमा आवद्ध भएका चालकका लागि विभिन्न सुविधा र आयश्रोतको विकल्पहरु पनि खोजिने प्रवन्ध निर्देशक केसीले बताए । एप्स शुभारम्भ कार्यक्रममै ट्याक्सीमाण्डुसँग आवद्ध चालकलाई ह्याम्स अस्पतालमा उपचारमा १० प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ । त्यस्तै इ-सेवाबाट पे गर्ने चालक र यात्रुले आफुले पे गरेको रकममा १० प्रतिशत क्यास ब्याक समेत पाउने कार्यक्रममा बताइयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?