मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
१९ पटक हेरिएको
Shares
मापसेमा ४३९ चालकको लाइसेन्स निलम्बन

सारांश

  • काठमाडौँ।
  • यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र ९लाइसेन्स० निलम्बन गरेको छ।
  • उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो।

काठमाडौँ। यातायात व्यवस्था कार्यालयले मादक पदार्थ सेवन ९मापसे० गरी सवारी साधन चलाउने ४३९ चालकको अनुमतिपत्र ९लाइसेन्स० निलम्बन गरेको छ। उक्त कार्यालयले महानगरीय ट्राफिक प्रहरी महाशाखाको सिफारिसमा पाँच पटकभन्दा बढी मापसे कारवाहीमा परेका व्यक्तिको लाइसेन्स निलम्बन गरेको हो। विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँचलाई कडाइ गर्दै आएको महाशाखाले हालसम्म उपत्यकामा मापसे सेवन गरेर सवारी साधान चलाउने एक लाख ९० हजार ६९० चालकलाई कारवाही गरेको छ। महाशाखाले २०६८ सालदेखि मापसे जाँच गरे पनि लाइसेन्समा प्वाल पार्ने काम भने २०६९ मङ्सिरदेखि गर्दै आएको हो।

पहिलोपटक मापसे सेवन गर्ने एक लाख ४९ हजार २१६, दोस्रोपटक २७ हजार ४७७, तेस्रोपटक नौ हजार ९९, चौथोपटक तीन हजार २८४ र पाँचौँ पटक एक हजार १७५ चालकलाई कारवाही गरिएको थियो। महाशाखाले मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्दै आएको छ।महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले पछिल्लो समय उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको सङ्ख्यामा कमी आएको बताए। “ पछिल्ला वर्षमा मापसे कारवाहीमा पर्नेको सङ्ख्यामा कमी आएको छ”, उनले भने।

महाशाखाका अनुसार आव २०७४र०७५ मा २२ हजार २२६ चालक मापसेमा कारवाही परेकामा आव २०७५र०७६ मा २१ हजार ९७३ चालक कारवाहीमा परेका थिए।महाशाखाले मापसे कारवाहीमा परेका चालकसँग रु एक हजार जरिवाना लिनाका साथै उनीहरूका लागि कक्षा सञ्चालन गर्दै आएको छ। उपत्यकामा मापसे सेवन गरी सवारीसाधन चलाएपछि दुर्घटना हुने र धेरै मानिसको मृत्यु हुने गरेपछि ट्राफिक महाशाखाले २०६९ देखि मापसे जाँच तथा कारवाही गर्दै आएको हो।

यो पनि पढ्नुहोस

अटेर गर्ने कर्मचारीलाई सरकारले बर्खास्त गर्ने

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफैँले रोजेको ठाउँमा सेवा गर्न नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गरिने बताएका छन् । उनले कर्मचारीले रोजेकै तहमा सरकारले समायोजन गरेको हो तर अझै पनि अटेर गरेर खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै बर्खास्त गर्नुको विकल्प नभएको स्पष्ट गरे ।मङ्गलबार गोरखापत्रसँग कुरा गर्दै मन्त्री पण्डितले सरकारले सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा कर्मचारी समायोजन गरेको र अहिले अधिकांश कर्मचारी खटाएको ठाउँमा हाजिर भई सेवा प्रवाह गर्न थालिसकेकोजानकारी दिए ।

मन्त्री पण्डितले भने, “केही कर्मचारीले अझै पनि अटेर गरेका छन्, त्यस्ता कर्मचारीलाई सरकारले बर्खास्तसम्म गर्न सक्छ ।”सरकारले बाढी र पहिरोलाई ध्यानमा राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीलाई जहाँजहाँ कार्यरत छन्, त्यही कार्यालयमा रहेर केही महिना सेवा प्रवाह गर्न निर्देशन दिएको मन्त्री पण्डितले बताए । गोरखापत्र दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?