बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
बि.सं.२०७४ साल माघ ९ गते मङ्गलवारको राशिफल

सारांश

  • मेष राशिः मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि संघर्षकर रहेको देखिएको छ ।
  • साविकभन्दा बढी कोसिसले मात्रै ईच्छित कार्यमा केही सफलता मिल्नसक्ने छ ।
  • बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ ।

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अल्लि संघर्षकर रहेको देखिएको छ । साविकभन्दा बढी कोसिसले मात्रै ईच्छित कार्यमा केही सफलता मिल्नसक्ने छ । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु आज यहाँको लागि उपयुक्त हुनेछ, अन्यथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावनालाई नकार्न सकिन्न । आवश्यकभन्दा बढी यात्रा हुनसक्ने सम्भावनालाई पनि गोचरले लक्षित गरेको देखिन्छ । संयमपूर्वक स्वकर्ममा लगनशील रहनाले केही लाभ हुनेछ । यहाँको लागि आज तीन अंक र पहेंलो रङ्गको प्रयोग एवम् श्री गणेशको श्रद्धाभक्ति गर्नु शुभप्रद हुनेछ ।
वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही अबरोधको बाबजुत लाभ तथा उपलब्धिमूलक गोचर परेको छ । मुख्य ठानिएको काम प्रभावित भएपनि अन्य ससाना काम बनेर केही आयआम्दानी बढ्ने छ । आफ्नो कामकार्य तथा पेशामा सकारात्मक विचारपूर्वक अघि बढ्दा राम्रो हुनेछ । आफन्तीहरुसँग भेट्घाट हुन र औपचारिकता निर्वाह गर्न पर्नेछ । आफन्तिजनको शुभसमाचार सुन्न पाइने छ । आज तपाईँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग अनुकूल रहनेछ भने भगवान श्री हनुमान र महाकाल शनिदेवको दर्शनभक्ति गर्नु हितकर हुनेछ ।
मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मानसम्मान एवम् पदप्रतिष्ठा प्राप्ति हुने दिन रहेको छ । व्यापार व्यवसायबाट राम्रै आर्थिक उपलब्धि गर्नसकिने छ । सामाजिक प्रतिष्ठा बृद्धि हुनेछ भने यहाँमा भएको कलाकौशलताजन्य प्रतिभाले स्थान पाउनेछ । जागिर एवम् राजनीति तथा समाजसेवाको क्षेत्रमा थप जिम्मेवारी मिल्नसक्ने छ । आज यहाँलाई उच्चवर्ग तथा पदस्थ व्यक्तित्त्वहरुसँगको भेटघाटले महत्त्वाकांक्षी पनि बनाउने छ । विशेष विषयको योजनाको बारेमा विचारविमर्श हुनसक्नेछ । यहाँको लागि आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने कूलदेवताको नाममा कुनै उपयुक्त वस्तु अर्पण गर्नु वा अनुष्ठान गर्नु वा नाममा दानदातव्य गर्नु विशेष पूण्यकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन भाग्यप्रद रहेको छ । सात्त्विक विचारको प्रभाव बृद्धि हुने तथा आस्थाको धरोहरको जग बलियो हुनेछ । धर्मकर्ममा अग्रसरताको बलले जनजीवनका विभिन्नपाटोमा समेत लाभ पुर्याउने छ । पेशा तथा व्यवसायिक कार्यमा समेत सफलता मिल्नाले स्तरबृद्धिको लागि आँट बढ्नेछ । जागिर तथा नोकरी आदिमा आएका असन्तुष्टिहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । साथ छाडेर पर गएका प्रेमि प्रमिका तथा साथसंगतिपनि पुनः नजिक हुनेछन् । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने भगावन गजानन्को दर्शन भक्ति तथा स्मरण गर्नु विशेष हितकर हुनेछ ।
सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन संघर्षकर देखिएको छ । कामकार्यमा अबरोध सृजना हुने तथा स्वास्थ्यमा पनि प्रतिकूलता आउनसक्ने सम्भावना रहेको छ । आहारविहारमा विचार पुर्याउन जरुरी देखिएको छ । कसैकसैलाई असफल प्रेमको स्मृतिले सताउने जस्ता मनो समस्या बढ्नसक्ने सम्भावना छ । आत्मबलमा ह्रास आउनसक्ने भएकोले मानसिकरुपमा दृढतालाई बढाएर धैर्य गरी प्रतिकूल समय टर्न दिनु उपयुक्त हुुनेछ । ध्यानधारणा गर्नु विशेष हितकर हुनेछ भने आज यहाँको लागि आठ अंक, रातो रङ्गको प्रयोग र बाधाबिघ्न निवारणको लागि भगवान हनुमान र श्री गणपतिको भक्ति गर्नु शुभ हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन केही बाधा अड्चन हुने तथा कुटिल व्यवहार गर्नेहरुको चक्रव्यूहमा पर्नसकिने छ । विद्वानजनको आर्शिवाद लिएर अघि बढ्नाले मुख्य महत्त्व दिएको काममा सफलता प्राप्त गर्नसकिएला । दाम्पत्य एवम् भौतिक सुखकर रहनेछ । दाम्पत्य सुख मिल्ने तथा विपरित लिङ्गीको सहयोग मिल्नेछ । युवायुवतीहरुको लागि प्रेम सम्बन्धको प्रस्ताव आउन पनि सक्ने सम्भावना रहनेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । व्यापार व्यवसायीले कर्मक्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । जागिर आदि र घरपरिवार एवम् कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनेछ । विभिद् सांसारिक उपलब्धि हुन गई मानसिक सुख एवम् शान्ति मिल्नेछ ।
तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ । उत्साह उमंगप्रद दिन भएकोले काममा रुचि र सफलता पनि मिल्ने देखिन्छ । शत्रुपक्षले पनि मित्रताको भाषा बोल्नेछन् । कामकार्य तथा जनव्यवहारमा भूमिका निर्वाह गर्न आज यहाँलाई अल्लि सहज हुनेछ देखिन्छ । स्वास्थ्यामा आरोग्यता बढ्ने हुनाले अनुहारमा कान्तिबृद्धि हुने र प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने छ । व्यवसायबाट राम्रो लाभ हातपार्न सकिनेछ । विद्यार्थीहरुलाई परीक्षामा उर्तिण र सन्तुष्टि मिल्नेछ । आज यो राशि हुनेहरुले हरियो रङ्ग छ अङ्कको प्रयोग एवम् भगवान गणेशजीको भक्ति एवं स्तुति गर्नु थप सफलताकारक हुनेछ ।
वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विद्वतता प्रकट गर्ने अवसर मिल्नेछ । बुद्धिबलको माध्यमाबाट मान्छेहरुको मन जित्न पनि सफल भइनेछ । लेखन तथा कला प्रतिभामा सफलता मिल्नेछ । समयको सदुपयोग गर्नसके अध्ययन तथा लेखनमा प्रगति हुने हुनाले वद्यार्थी वर्गले दिनको बढी फाइदा उठाउन सकिनेछ । गृहस्थीलाई सन्तानपक्षबाट सन्तोष मिल्नेछ । व्यवसायिक क्षेत्रबाट पनि फाइदा उठाउन सक्नुहुने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ शिक्षा क्षेत्रमा सहयोग गर्नु पूण्यप्रद हुनेछ । साथै ऋद्धिसिद्धिपते गुरुगणपतिको स्तुति विशेष फलप्रद हुनेछ ।

 

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्नपर्ने ग्रहगोचर परेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले  बैठक आदिमा तपाईँले हठ नगरेकै राम्रो हुनेछ भने नयाँ प्रस्ताव पनि नराखेकै उचित । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्नसकिने छ । चार अङ्क, सेतो रङ्गको उपयोग र आमा वा आमासमानकी मातृशक्तिबाट आर्शिवाद लिनु आज यहाँको लागि फापकर  हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन हिम्मतिलो र सक्रियभूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बा“की पक्षमा उत्साह–उमङ्गिलो दिन मान्नसकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज गुरुजनको आर्शिवाद लिनु तथा श्रमिक वर्गको हितमा काम गर्नु अथवा सहयोग गर्नु वा उनीहरुलाई खुशी बनाउनुले मुख्यकाममा आउने अबरोध निवारणको लागि मद्दत गर्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि हुनपर्ने जति काम हुनलाई ग्रहको केही अबरोध देखिएको छ । जसले गर्दा मुख्यकाम कार्यमा अल्लि कठिनाई भने पर्नसक्ने छ । त्यसको लागि केही उपाय अबलम्बन गर्नु उपयुक्त हुनेछ । बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि अनुकूल नै देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । आज यहाँहरुको लागि दुई अंक, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने भैरवदेवको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ ।

मीन राशिः
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन अबरोध हुँदा हुँदैपनि केही लाभ एवम् सफलता हासिल गर्नसकिने छ । तथापि महत्त्वपूर्ण कार्य सम्पादन गर्न केही उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ भने विभिन्न कारणबाट यहाँको आत्मबलमा आइरहेको ह्रासलाई निवारण गर्नको लागि भैरवदेवको स्तुति गर्नु शुभप्रद हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
कैदीबन्दी मृत्यु प्रकरण : सुरक्षा इञ्चार्जसहित १० प्रहरी र कैदीमाथि अनुसन्धान सुरु
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
सामुदायिक विद्युत् केन्द्रबाट समुदायलाई सुविधा
तपाईको आज : यस्तो छ कात्तिक २५ गतेको राशिफल
तपाईको आज : यस्तो छ कात्तिक २५ गतेको राशिफल
आजको राशिफल
आजको राशिफल
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै
पूर्वराजा सपरिवार भारत भ्रमण जाँदै
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद
बढाएको कर घटाउने उपमहानगरपालिकाको सहमति
बढाएको कर घटाउने उपमहानगरपालिकाको सहमति

तपाईंले छुटाउनुभयो कि?