काठमाडौंमा एकैदिन ८५९ जना कोरोना संक्रमित थपिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २, २०७७
|
|
२० पटक हेरिएको
Shares
काठमाडौंमा एकैदिन ८५९ जना कोरोना संक्रमित थपिए

सारांश

  • काठमाडौं, २ असोज ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २ हजार २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८५९ सय जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, २ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८५९ सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले ११ हजार ४ सय ५८ जनाको पिसीआर परिक्षणमा २ हजार २० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८७१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४३ हजार ८ सय २० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६९८ जना र ललितपुरका ७९ जना र भक्तपुरका ८२ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?