सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
सगरमाथा र शेर्पा विश्वमा नेपालका चिनारीः सभापति देउवा

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताए ।
  • नेपाल लोकतान्त्रिक शेर्पा संघले २१४७ औँ ग्याल्बो ल्होसारका अवसरमा शनिबार काठमार्डौमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले शेर्पा समुदायकै कारण नेपाल विश्वमा चिनिएकाले हीन भावना नराख्न शेर्पा समुदायलाई आह्वान गरे ।
  • “सगरमाथा र शेर्पा दुवै नेपालका गर्व हुन्, यसबाट नेपालको संस्कृति विश्वमा चिनिएको छ, शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसारमा दिँदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटाएको छ, काँग्रेस नेतृत्वमा सरकार बनेपछि बिदा पुनःस्थापना हुन्छ”, सभापति देउवाले भने ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सगरमाथा र शेर्पा जातिले नेपाललाई विश्वमा चिनाएको बताए । नेपाल लोकतान्त्रिक शेर्पा संघले २१४७ औँ ग्याल्बो ल्होसारका अवसरमा शनिबार काठमार्डौमा आयोजना गरेको सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले शेर्पा समुदायकै कारण नेपाल विश्वमा चिनिएकाले हीन भावना नराख्न शेर्पा समुदायलाई आह्वान गरे ।

“सगरमाथा र शेर्पा दुवै नेपालका गर्व हुन्, यसबाट नेपालको संस्कृति विश्वमा चिनिएको छ, शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्बो ल्होसारमा दिँदै आएको सार्वजनिक बिदा वर्तमान सरकारले कटाएको छ, काँग्रेस नेतृत्वमा सरकार बनेपछि बिदा पुनःस्थापना हुन्छ”, सभापति देउवाले भने । तेञ्जिङ नोर्गे शेर्पालाई पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेकै कारण विश्वमा धेरैले चिन्ने गरेकाले त्यसप्रति गर्व गर्न पनि उनले आह्वान गरे ।

सांसद जीपछिरिङ लामाले सरकारले आमसञ्चार क्षेत्रलाई नियन्त्रण गर्ने कानूनी व्यवस्था गरिरहेको बताउँदै केही सञ्चारमाध्यम भने सरकारका गलत क्रियाकलापको पनि संरक्षण गरेर प्रमुख प्रतिपक्षीको समाचार सम्प्रेषण नगर्ने गरेको आरोप लगाए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समेत भूकम्पपछि भत्किएका गुम्बा पुनःनिर्माणमा भेदभाव गरेको आरोप सांसद लामाको थियो ।

वाग्मती प्रदेशसभा सदस्य निमा लामाले काँग्रेस नेतृत्वको सरकारकै पालामा जनजातिलाई सूचीकृत गरी आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको गठन भएको स्मरण गराउँदै वर्तमान सरकारले भने ग्याल्बो ल्होसारका अवसरमा एक दिन दिइएको सार्वजनिक बिदासमेत कटौती गरेर भेदभावपूर्ण व्यवहार गरेको भन्दै गुनासो गरे ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले भने ग्याल्बो ल्होसारका दिन नगर क्षेत्रभर सार्वजनिक बिदा दिने प्रतिबद्धता जनाए । नेपाल ट्रेड युनियन काँग्रेसका पूर्वअध्यक्ष खिलनाथ दाहालले शेर्पा जातिको सम्मान गरेमात्र नेपालमा पर्यटन प्रवद्र्धन हुने बताए ।

कार्यक्रममा संविधानसभाका पूर्वसदस्य पासाङ शेर्पा, काँग्रेस सिन्धुपाल्चोक र दोलखाका सभापति क्रमशः विकास लामा र रुद्रबहादुर खड्का, पार्टी महासमिति सदस्य विमल ठकुरी र आङनिमा शेर्पा, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, आयोजक सङ्घका सभापति थाक्पा छिलिङ शेर्पालगायतका वक्ताले ग्याल्बो ल्होसारको बिदा पुनःस्थापना गर्न माग गरेका थिए ।

कार्यक्रममा सांसद लामा, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्मा्छिरिङ शेर्पालाई उनीहरुले क्रमशः संविधानसभामार्फत् संविधान निर्माण, पर्यटन प्रवद्र्धन र खेलकूद क्षेत्रमा पुर्याएको योगदानका लागि सभापति देउवाले सम्मानसमेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?