विश्वकप क्रिकेट : टस जितेर ब्याटिङ गर्दै न्युजील्यान्ड
सारांश
- श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा आज साँझ ७:१५ बजेदेखि सुरु हुने टी-२० विश्वकपको महत्वपूर्ण खेलमा न्युजील्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
- प्रतिद्वन्द्वी इङल्यान्ड यसअघि नै सुपर ८ को समूह २ बाट लगातार दुई खेल जित्दै सेमिफाइनलमा सुरक्षित भइसकेको छ।
- न्युजील्यान्डका लागि यो खेल ‘गर या मर’ को स्थितिमा छ।
श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा आज साँझ ७:१५ बजेदेखि सुरु हुने टी-२० विश्वकपको महत्वपूर्ण खेलमा न्युजील्यान्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। प्रतिद्वन्द्वी इङल्यान्ड यसअघि नै सुपर ८ को समूह २ बाट लगातार दुई खेल जित्दै सेमिफाइनलमा सुरक्षित भइसकेको छ।
न्युजील्यान्डका लागि यो खेल ‘गर या मर’ को स्थितिमा छ। यदि आज न्युजील्यान्ड विजयी भएमा उसले सिधै सेमिफाइनलको यात्रा तय गर्नेछ भने पाकिस्तान प्रतियोगिताबाट बाहिरिने निश्चित छ। यद्यपि, न्युजील्यान्ड पराजित भएमा र पाकिस्तानले आयोजक श्रीलंकालाई हराएको खण्डमा भने रनरेटको आधारमा सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया