आज माघे संक्रान्ति

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १, २०७३
|
|
१४७ पटक हेरिएको
Shares
आज माघे संक्रान्ति

सारांश

  • चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ ।
  • हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ ।
  • विभिन्न जातीय समुदायले यसलार्इ भिन्न भिन्न तरिकाले मनाउँछन् ।

चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर आज माघे संक्रान्ति पर्व मनाइँदैछ ।

हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलार्इ भिन्न भिन्न तरिकाले मनाउँछन् ।

माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ ।

आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ ।

मकर संक्रान्तिको अवसरमा चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाट धाममा ठूलो मेला लाग्छ । देवघाटधाममा मेला भर्न देशका विभिन्न जिल्लासँगै छिमेकी देश भारतबाट समेत तिर्थालूहरु आउने गर्छन् ।

थारु समुदायले माघी पर्व मनाउँदै

आजै थारु समुदायले धुमधामका साथ माघी पर्व मनाउँदैछन् । आजदेखि पाँच दिनसम्म थारु समुदायले माघी पर्व मनाउने गर्छन् । बिहानै जलाशयमा गई स्नान तथा पूजा गरी आफूभन्दा ठूलाबढासँग आशिर्वाद लिने चलन छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी ६ प्रकारको तिलको प्रयोग गर्नाले जीवनमा सफल होइने थारु समुदायमा विश्वास छ ।

आज तिल, चाकु, तरुलजस्ता खानेकुरा खानाले शरीरमा तापक्रम बढ्ने र जाडो हट्ने मान्यता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?