पश्चिम बंगाल सरकारद्धारा दार्जिलिङमा नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२५ पटक हेरिएको
Shares
पश्चिम बंगाल सरकारद्धारा दार्जिलिङमा नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध

सारांश

  • पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।
  • सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ ।
  • ईटरनेट सेवा एक महिना अघिदेखि नै प्रतिबन्ध छ ।

पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ ।

सिलगुढीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्कको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ । ईटरनेट सेवा एक महिना अघिदेखि नै प्रतिबन्ध छ । भारतमै पहिलो नेपाली टिभि च्यानलमाथि प्रतिबन्धपछि दार्जिलिङका नेपालीभाषी थप आन्दोलित बनेका खबर आजको कान्तिपुर दैनिकमा छ ।

बंगालकी मुख्यमन्त्री ममता बनर्जीको ‘पहाडमा जसरी पनि शान्ति ल्याउने’ अभिव्यक्ति आएलगत्तै उक्त टेलिभिजन बन्द गरिएको हो ।गोर्खाल्यान्ड माग गर्दै जारी आमहडताल शनिबार ३८ दिन पूरा गर्दा निकै प्रभावशाली ठानिएको एबिएन च्यानल बन्द गरेपछि आन्दोलनरत दलले त्यसको कडा शब्दमा विरोध गरेका हुन् ।

उक्त टेलिभिजनले आन्दोलनलाई उत्तेजित बनाउने सामग्री प्रसारण गरेको भन्दै बन्द गराएको सरकारले जनाएकाे छ । सिलगुडीबाट प्रसारण हुने टेलिभिजनले गान्तोक, असम र दिल्लीमा समेत कार्यालय राखेर कार्यक्रम प्रसारण गर्ने गरेको थियो । उक्त च्यानलले सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङका छोराको लगानीमा सञ्चालन हुँदै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?