जिप दुर्घटनामा वडाध्यक्षसहित २ जनाको मृत्यु, ५ घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
३१ पटक हेरिएको
Shares
जिप दुर्घटनामा वडाध्यक्षसहित २ जनाको मृत्यु, ५ घाइते

सारांश

  • बाजुरा- बाजुरामा हिजो बुधबार साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ ।
  • त्रिवेणी नगरपालिका पीपलसैनमा भएको दुर्घटनामा वडाध्यक्ष खम्म नेपाली र एक महिलाको मृत्यु भएको हो ।
  • बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो ।

बाजुरा- बाजुरामा हिजो बुधबार साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका पीपलसैनमा भएको दुर्घटनामा वडाध्यक्ष खम्म नेपाली र एक महिलाको मृत्यु भएको हो ।

बूढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँदै गरेको से १ ज ९९९ नं को जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । जिप सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा परी त्रिवेणी नगरपालिका–३ का वीरबहादुर शाही, भीम नेपाली, रुपेन्द्र शाही, धनश्याम बुढा र जिप चालक चन्द्रमणि गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बयालपाटा अस्पताल अछाम लगिएको छ ।

मृतक वडाध्यक्ष नेपाली नेपाली काँग्रेसको तर्फबाट विजयी भएका हुन् । जिपमा सात जना सवार रहेको प्रहरीले जनाएको छ । चिप्लो र उकालो सडक भएकाले जिप पछाडि चिप्लिएर दुर्घटना भएको हुने सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
बाबुराम भेट्न अस्पताल पुगे प्रचण्ड, छिट्टै नयाँ छलफल सुरु हुने
ईलामको देउमाईमा ट्याक्सी दुर्घटना १ को मृत्यु ११ घाइते
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
वातावरण संरक्षणमा सूचना प्रविधि क्षेत्रको भूमिका बढाउनुपर्छ : मन्त्री शर्मा
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
मुलुकका प्रायः सबै जिल्लाको तापक्रम उच्च सतर्कताको तहभन्दा माथि
कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु
कपिलवस्तुमा ट्याक्टरको ठक्करवाट ८ वर्षिय वालकको मृत्यु
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएपछि…
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिर खाएपछि…
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
मोरङको धनपालथान गाउँपालिकामा एमालेले पाएन ठाउँ, दुवै पदमा कांग्रेसको बाजी
नेपालसँग हङकङ पाँच विकेटले पराजित
नेपालसँग हङकङ पाँच विकेटले पराजित
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
ओलीलाई कडा प्रश्न : भारतसँग वार्ता गर्ने भन्ने अनि बिथोल्ने गरी निहुँ खोज्दै हिंड्ने? – रामचन्द्र पौडेल
पाकिस्तानमा भएको हत्याप्रति  राष्ट्रसंघकाे ध्यानाकर्षण
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघकाे ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?