मृत अवस्थामा भेटिए अमेरिकी गोलीकाण्डका अभियुक्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ११, २०८०
|
|
५७ पटक हेरिएको
Shares
मृत अवस्थामा भेटिए अमेरिकी गोलीकाण्डका अभियुक्त

सारांश

  • लिस्वन, अमेरिका।
  • अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन्।
  • लिस्वनको मेन सहरमा भएको गोलीकाण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन्।

लिस्वन, अमेरिका। अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन्। लिस्वनको मेन सहरमा भएको गोलीकाण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन्।

सिएनएनका अनुसार गत बुधबार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन्। सिएनएनका अनुसार उनले आफैंले गोली हानेको अवस्थामा भेटिएका थिए।

समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जंगलमा फेला परेको थियो, जहाँबाट बुधबार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो। उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माईल टाढा फेला परेको हो। उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ।

बुधवार साँझको लेविस्टनको बलिङ गल्ली र रेस्टुरेन्टमा भएको गोलीबारी पछि उनी बेपत्ता भएका थिए, जसलाई खोज्नका लागि प्रहरीले दुई दिनसम्म कठिन मेहनत गरेको थियो। सो गोलीकाण्ड मच्चाए पछि बेपत्ता भएका उनले पुनः हमला गर्न सक्ने भन्दै सो क्षेत्रका आश्रयस्थल, स्कूल र व्यवसायहरूसमेत बन्द गराइएको थियो।

गत वर्ष टेक्सासको उभाल्डेको एक विद्यालयमा भएको नरसंहार पछिको यो हमला सबैभन्दा घातक अमेरिकी सामूहिक गोलीबारीको रूपमा हेरिएको छ। उनको मृत शरिर फेला परे पछि अमेरिकी अधिकारीहरूले राति १० बजे पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिने बताएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिद्वारा हरितालिका तीजको शुभकामना
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः  प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार
सरकारको काम कारबाहीले जनतामा आशा जगाएको छः प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार
डेङ्गुका कारण आपतकाल घोषणा गर्नुपर्दैन : उपप्रधानमन्त्री यादव
Akshay Kumar introduces Mouni Roy and others in the new posters of ‘Gold’
Akshay Kumar introduces Mouni Roy and others in the new posters of ‘Gold’
अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित
यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता
यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता
प्रचण्डलार्इ गम्भीर बनाउने अाेलीकाे याे ट्वीट, जस्ले पार्टी एकतामा धक्का पुग्न सक्छ !
काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस
काङ्ग्रेसद्वारा उम्मेदवारको नाम सिफारिश, नेकपालाई सकस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
श्रीमती मीनासँगको सम्बन्ध विच्छेदपछि मनोज गजुरेलले लेखे यस्तो भावुक स्टाटस
६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे
६४ मिटर टाढाबाट रुनीले सानदार गोल गरे