धाराको बिल आउँछ, पानी आउँदैन
सारांश
- काठमाडौं, १४ माघ – ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो।
- १३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
- पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो।
काठमाडौं, १४ माघ – ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो। १३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरेको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ। पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो। त्यसपछि खानेपानी कार्यालयमा धारो जोडिदिन निवेदन दिएका थियौं। धारो त जोडियो तर एक थोपा पानी कहिल्यै झरेन।’
वर्षौंदेखि कुनै जानकारी नदिई एकैपटक यति धेरै महसुल पठाएकोमा पौडेल आश्चर्यचकित भएका छन्। उनले पानी कहिल्यै नछोडिएको हुँदा यो रकम मिनाहा गराइपाऊँ भनी खानेपानी कार्यालय ललितपुरमा पत्राचार गरेको तर जवाफ नआएको जानकारी दिए।
यता, ढोलाहिटी हाइटमा बस्ने बिन्दा केसी पनि खानेपानी लिमिटेडको रबैया देखेर वाक्क छन्। पानी पिउनै नपाई बिल तिर्न बाध्य भएको गुनासो उनको छ। उनको धारामा पानी नझरेको झन्डै आठ वर्ष भयो। पानी नआए पनि प्रतिमहिना न्यूनतम महसुल भने तिर्दै आएकी छन्। पानीको बिल मात्रै तिर्नुपरेपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल पुगेर धेरैपटक निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो उनको छ। सधैं ट्यांकर र जारको पानी किनेर खानुपरे पनि इमानदारीपूर्वक बिल तिरिरहेको उनले बताइन्।
‘खानेपानी कार्यालयले गुनासो सुनुवाइ नगरेपछि स्थानीयसँग मिलेर दुईपटक जुलुससमेत लिएर कार्यालय पुग्यौं। तैपनि, केही भएन। त्यसपछि चुपचाप पानीको पैसा तिर्न बाध्य भयौं,’ केसीले दुखेसो पोखिन्, ‘खानेपानी कार्यालयका कर्मचारीले सधैं पानी आउँछ भनेर आश्वासन मात्र दिए, पानी आएन।’
प्रतिक्रिया